१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

केट र मेगनको फेसन

बेलायतका राजकुमार ह्यारी आगामी वसन्तमा अमेरिकी अभिनेत्री मेगन मर्केलसँग विवाह गर्दैछन् । ह्यारी र मर्केलको स्वयंर गरिसकेका छन् । योसँगै राजकुमार विलियम पत्नी केट मिडलटनले राज परिवारमा मेगनलाई बुहारीका रुपमा भित्र्याउनेछिन् । बुहारी भित्र्याउन केटले राम्रै तयारी पनि गर्दैछिन् । केट र मेगनको फेसन सेन्स एकअर्कासँग मिल्दैन । केट बेलायती लुक्सप्रति सजग छिन् भने मेगन नयाँ नयाँ स्वाद लिने ट्रेन्डि छिन् । ‘विलियम र म निकै उत्साही छौं’ ,ह्यारीका दाजुसँग विवाह गरेकी केटले भनेकी छन्, ‘यो निकै सुखद खबर हो । जुनसुकै जोडी बाँधिदा खुसीको क्षण सुरु हुन्छ र म उनीहरुको उत्तर उत्तर प्रगति र सुखी जीवनको कामना गर्दछु ।’

राज परिवारमा जोडिन लागेकी मेगनको स्वाभाव र आनीबानी बुझ्न अरुलाईभन्दा केटलाई नै सहज हुन्छ । यति हुँदाहुँदै उनीहरुको आफूलाई प्रस्तुत गर्ने शैली भिन्दै छ । उनीहरुबिचको फरकपन नै उनीहरुको फेसन हो । यहाँ मेगन र केटको फेसन सेन्स खोतल्ने प्रयास गरिएको छ ।
केट र विलियमको भेट
केटले राजकुमार विलियमलाई युनिभर्सिटी अफ एन्ड्रियुजमा भेटेकी थिइन् । भेटघाट बाक्लिदै गइसकेपछि उनीहरु डेटिङ जान थालेका थिए । सन् २००५ मा उनीहरुले सँगै स्नातक गरेका थिए । उनीहरुका सुरुवाती फोटोहरु हेर्ने हो भने उनीहरुलाई सामान्य कलेज विद्यार्थीझैं देख्न सकिन्थ्यो । उनीहरु एकअर्काकासँग खुलेका र निकट देखिन्थे ।
केटको फेसन
सुरुवात देखि नै केट बेलायती फेसन अनुसरण गर्दै आइरहेकी थिइन् । उनको फेसन सेन्स थाहा पाउन विलियम र उनको सन् २००६ को विवाह समारोहलाई उदाहरणका रुपमा लिन सकिन्छ । अमेरिकी फेसन अँगाल्दै आइरहेका प्रायका भन्दा उनको निकै भिन्दै थियो ।
ह्यारीको नजरमा परेकी मेगन
मेगन कानूनी टेलिभिजन शृंखला ‘सुइट्स’का लागि चर्चित छिन् । यो बाहेक उनले सिरियल ‘सिएसआईःएनवाई’ र ‘क्यासल’ र फिल्म ‘गेट हिम टु द ग्रिक’ गरिसकेकी छन् ।
मेगन र ह्यारीलाई उनीहरुका निकटका साथीहरुले भेटाइदिएको बताइन्छ । साथीहरुको जमघटमै उनीहरु एकाअर्कासँग चिरपरिचित हुने मौका पाएका थिए । साथीभाईसँगको भेटघाटले नै उनीहरुको रोमान्सको ढोका खोलिदियो । रोयल विशेषज्ञ केटी निकोलका अनुसार ‘मेगनलाई प्रत्यक्ष भेट्नुअघि नै ह्यरीको ‘सुइट्स’की राचेल जेन(मेगनले निभाएको पात्र)सँग दुई वर्षअघि नै माया बसेको थियो । उनीहरुका एक साथीसँग म पनि सँगै भएकी हुँदा मलाई यो कुरा थाहा भएको हो ।’ निकोल थप्छिन्, ‘मेगनले मलाई ह्यारीसँग रात्रीकालिन पार्टीमा जान थालेको बताएकी थिइन् । त्यो समयमा उनी सिंगल नै थिइन् ।’ ‘त्यस्तै ह्यारीलाई तिम्रो आदर्श केटी को हो ?’ भन्दा ह्यारीले ‘सुइट्स’की मेगन मर्केल’ भनेको उनी बताउँछिन् ।
फेसन कन्सस मेगन
केट मिडलटन सिम्पल लुक्स र बेलायती फेसन प्रतिबिम्व हुने पोसान लगाउँदै आइरहेकी छन् । किशोर छँदै विलियम र केट भेट भएका थिए । यता मेगन ३४ वर्षको हुन्जेलसम्म ह्यारीलाई भेटेकी थिइनन् । यसैले मेगनको फेसन सेन्स एक अभिनेत्रीका रुपमा रेड कार्पेटका लागि सम्मानजनक थियो ।
फेसन आइकन केट
वर्तमानकै कुरा गर्ने हो भने केटले आफूलाई फेसन आइकनका रुपमा स्थापित गरिसकेकी छन् । सरल र सहज पोसाकमै उनले धेरैको ध्यान खिच्न सक्षम छिन् । जस्तोसुकै सरल पोसाकमा आफूलाई खुलाउन सक्नु केटको खुबी हो । केटले जे पहिरिए पनि त्यो तत्कालै बिक्री हुने भएकाले उनको प्रभावशाली फेसनम प्रभावलाई ‘द डचेज इफेक्ट’ नामको उपाधी नै दिइएको छ । केट बरबेरी र स्टेला म्याकार्ट्नीकी प्रशंसक हुन् । उनले सहजै पहुँज हुने ब्रान्डलाई जे ब्रान्ड जिन्स लगायतका ब्रान्डलाई मिलाएर पहिरिँदै आइरहेकी छन् ।
फेसनमा मेगन प्रभाव
मेगनको सपिङ स्वभावको प्रभावलाई ‘द मेगन इफेक्ट’ नाम दिएको छ । मेगनले लगाउने जुनसुकै पोसाक होस् वा उनले प्रचार गर्ने ब्रान्ड सबैको लोकप्रियता आकाश हुने भइसकेको छ । मेगनले स्वयंरको घोषणासँगै लण्डनको दरबारमा फोटो सुट गराएकी थिइन् । मेगनले पहिरिएको क्यानेडियन कोट क्यानडाको चर्चित फेसन ब्रान्डले उत्पादन गरेको थियो । क्यानडामा निकै लोकप्रिय कोटबारे उक्त फेसन ब्रान्डको वेबसाइटमा धेरैले जिज्ञासा राख्दा साइट क्रयास भएको थियो । केही महिना अघि नै ‘द टेलिग्राफ’ले एक ट्राउजरमा मेगनको नाम जोडिदिँदा साइटमा निकै चापाचाप भएको थियो ।
मेगन र केटका डिजाइनर
मेगन र केटको अलग पृष्ठभूमि र उनीहरुका डिजाइनरकै कारण पनि उनीहरुको फेसनमा फरकपन पाइन्छ । रानी डायनाझैं केटले बेलायती डिजाइनरहरुले तयार पार्ने पोसाक नै लगाउँछिन् । यता मेगनको पहिरनमा क्यानेडियन प्रभाव पाइन्छ । स्वयंरपछि आएका तस्बिरहरुमा केटलाई क्यानेडियन डिजाइनरले तयार पारेका पोसाकमा देखिएको थियो । ह्यारीसँगको पहिलो सार्वजनिक समारोहका रुपमा ‘इन्भिक्टस् गेम्स’मा मेगनले ‘म्याकाजे’ र ‘अरिटजिया’ ब्रान्डका पोसाक लगाएकी थिइन् ।
फर्मल केट
केटको फेसन सेन्स मुख्यत परम्परागत र फर्मल छ । केटलाई सधैं फर्मल र परम्परागत पोसाकमा देखिन्छ । मेगनको फेसनसँग तुलना गर्दा केट परिपक्व लाग्छिन् तर उमेरका हिसाबले केटभन्दा मेगन एक वर्ष जठी हुन् ।
क्याजुअल मेगन
मेगनलाई सधैं क्याजुअल र ट्रेन्डि पोसाकमा देखिन्छ । समयअनुसारका चल्तिका पोसाक लगाउँछिन् मेगन । ‘इन्भिक्टस् गेम’का क्रममा ह्यारीसँगको पहिलो सार्वजनिक समारोहमा जिन्स लगाएकै कारण मेगन ट्वीटरमा ट्रोलको सिकार बनेकी थिइन् । कलाकारितामा लाग्दा चल्तिको फेसन लगाएकी र लाइफस्टाइल ब्रान्डकी धनी मेगनले विवाहपछि फिल्म छाड्ने र आफ्नो फेसन सेन्सलाई सामान्य बनाउने बताएकी छन् ।
दुई सन्तानकी आमा केटलाई दरबारमा नयाँ पाहुना आउँदा कुनै प्रवाह छैन् । आफै आइकन बनीसकेकी उनले कसैलाई केही देखाउनु पनि छैन । तर मेगनलाई भने विवाहको मिति नजिकिदै गर्दा केटकै पद्चाप पछ्याउनुपर्ने बाध्यता छ । मानिसहरु मेगनले विवाहमा कस्तो पोसाक लगाउने हुन् भन्दै बाजी थाप्न थालिसकेका छन् । छोटा र छरिता लुगा लगाउने मेगन र भुईं ढाक्ने पोसक लगाउने केटका यि फेसनेबल कुरा त भए अब भविष्यमा मेगनले दरबारमा फेसनेबल पोसाक लगाउन साँच्चिकै जोखिम मोल्नेछिन् वा छैनन् त्यो त समयले नै बताउला ।

प्रकाशित: १८ पुस २०७४ ११:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App