१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जीर्ण बन्दै झोलुङ्गे पुल

बाजुरा- सडक सञ्जाल जोडिएपछि बाजुरा जिल्लाका अधिकांश झोलुङ्गे पुल जीर्ण बन्दै गएका छन् ।


सडक सञ्चालन भएपछि बाढी आएका बेला तर्नलाई बनाइएका झोलुङ्गे पुल पछिल्लो समय प्रयोगमा नआउने गरेको पाइएको छ ।

बाजुराको बूढीगंगा नगरपालिकामा पर्ने बाजुरा–अछाम जोड्ने इकडिगाडको पुल, बार्जुगाड र गुइगाड रहेका झोलुङ्गे पुल सडक निर्माणपछि प्रयोग गर्न छोडेको स्थानीयवासी तपेश रावलले बताए । साँफे मार्तडी सडक निर्माण भएकाे   पुलमा खिया लागेको छ ।


यस्तै, बडीमालिका नगरपालिकाको तिपाडीगाड, बूढीगंगा नदीको पुल र कोर्दालिगाडको पुलसमेत प्रयोगमा आउन छाडेका छन् । सडकका  बनेका कारण झोलुङ्गे पुल प्रयोगमा नआएका हुन् । खिया लागेर पुल जीर्ण अवस्थामा छन् ।


करोडाैँ लगानीमा निर्माण गरिएका पुल घाँसपात र गाई–गोरु चराउन जाने गोठालाले मात्र प्रयोग गर्ने गरेका छन् । घाँस काटेर वनपाखाबाट आउने जाने बाहेक अन्यले झोलुङ्गे पुल प्रयोग गर्न छोडेको बडिमालिका–६ का वडाध्यक्ष बलबहादुर थापाले बताए ।

सडक सञ्जाल जोडिएपछि जीर्ण बन्दै गएका पुलको मर्मतका लागि सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयवासीले गुनासो गरेका छन् । पुल जीर्ण बन्दै गएपछि स्थानीयवासी चिन्तित छन् । जीर्ण बन्दै गएका जिल्लाका अधिकांश झोलुङ्गे पुल जीर्ण बन्दै गएकाले मर्मत–सम्भारका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने  माग   रहेकाे छ ।

प्रकाशित: १८ पुस २०७४ ०९:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App