१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जाम्बीयामा हैजाबाट ४२ जनाको मृत्यु

लुसाका–  जाम्बीयामा हैजाका कारण गत अक्टोबर देखि ४२ जनाको मृत्यु भइसकेको छ ।  भने करिब २ हजार मानिसहरू हैजाका कारण  प्रभावित भएको त्यहाँका स्थानीय सञ्चार माध्यमहरूले जानकारी दिएका छन् ।

सञ्चार मन्त्रालयका जनसम्पर्क प्रमुख  स्टान्सलौस गोसाका अनुसार गत अक्टोबर देखि जाम्बीयामा हैजाको महामारी फैलिएको हो । अक्टोबर देखि फैलिएको हैजाको महामारी बढ्दै गएको हो ।

महामारी नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले थुप्रै प्रयास गरेको गोसाको दाबी छ ।
जाम्बीयाका राष्ट्रपति  इडगार लुङ्गुले महामारीलाई फैलिन नदिनका लागि विभिन्न प्रकारका प्रतिरक्षात्मक कार्यहरूको थालनी गरिएको बताए ।

प्रकाशित: १८ पुस २०७४ ०९:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App