१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सिहंदरवार टेक्न चाँहदैनन् विनाविभागीय मन्त्री

काठमाडौं- गत साढे दुई महिनादेखि माओवादी केन्द्रका १६ मन्त्री  जिम्मेवारीविहीन भएका छन् । जिम्मेवारी नभएपछि यी मन्त्री साढे दुई महिनायता सकेसम्म सिहंदरबार जान रुचाउँदैनन् । कहिलेकाहिँ गए पनि माओवादीको संसदीय दलको कार्यलयमा जाने गर्छन् । विना विभागीयहरूका को लागि छुट्टयाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयको ‘कमन रुम’मा उनीहरू जान चाहन्नन् ।
१६ विनाविभागीय मन्त्रीहरूका लागि मन्त्रीपरिषद् तथा  प्रधानमन्त्री कार्यालय भवनमा  एउटा साझा कोठा छुट्टयाइएको छ । तर त्यहाँ विनाविभागीय मन्त्रीहरू एकपटक पनि टेकेका छैनन्  । एमाले र माओवादीको गठबन्धन भएपछि गत असोज ३१ मा माओवादीबाट सरकरमा प्रतिनिधित्व गरेका मन्त्री जिम्मेवारीमुक्त भएका थिए । विनाविभागीय मन्त्री भएपछि उनीहरू फुर्सदिला भएका छन् ।
वर्तमान सरकारमा माओवादीबाट एक उपप्रधानमन्त्री, ८ विनाविभागीय  मन्त्री र ७ विनाविभागीय राज्यमन्त्री छन् । क्याविनेट तहका ९ मन्त्रीलाई प्रधानमन्त्री कार्यलयका सचिवले मन्त्रीपरिषद्को बैठकको अजेण्डा पठाउने गर्छन् । ७ राज्यमन्त्रीले त्यो अवसर पनि पाउँदैनन् । मन्त्रीपरिषद् बैठकको अजेण्डा पाए पनि मन्त्रीपरिषद्को बैठकमा सकेसम्म कम उपस्थित हुने गरेकाछन् ।
फुसर्दिला भएका विनाविभागीय मन्त्री सकेसम्म जिल्लातिरै समय कटाउँदै आएका छन् । चुनाव सकिएको एक महिना बित्न लाग्दा पनि विनाविभागीय मन्त्रीहरू अहिले मतदातालाई धन्यवाद दिन भन्दै गृह जिल्लामै व्यस्त हुने गरेका छन् । विनाविभागीय मन्त्री टेकबहादुर बस्नेत भरखरै मात्र  गृह जिल्ला सल्यानबाट काठमाडौं आएका छन् । विनाविभागीय भएपछि एकपटक मात्र उनी सिहंदरबार छिरेका छन् । त्यही पनि उनी  माओवादी केन्द्रको संसदीय दलको कार्यलय मात्र पुगेका हुन् ।  मंगलबार मन्त्रिपरिषद्को प्रशासन समितिको बैठकमा सहभागी हुन उनलाई बोलाइएको छ । सो बैठकमा उनी जाने भएका छन् । मन्त्रिपरिषद्को कार्यलयमा छुट्टयाइएको साझा कोठमा उनी एकपटक पनि गएका छैनन् । मन्त्रिपरिषद्को बैठकको अजेण्डा पनि आफूलाई नआउने गरेको उनले गुनासो गरे । उनले भने, ‘यसअघि मन्त्रीपरिषद्को अजेण्डा एक दिनअघि आउने गथ्र्यो । अहिले त्यस्तो अजेण्डा पनि  आउने गरेका छैन ।’  उनले भने, ‘अहिलेसम्म चुनावको तयारी र भेटघाटमै व्यस्त भए । अब काठमाडौं आएको छु ।’ चुनाव सुनिश्चिताका लागि आफूहरूले सरकार नछाडेको उनले बताए । वर्तमान सरकार सँगसँगै आफूहरू पनि सरकारबाट बाहिरिने उनले बताए । उनले भने, ‘चुनाव सुनिश्चताको लागि हामीले सरकार छाडेनांै । अब यो सरकारसँगै हामी पनि हट्छांै ।’ प्रधानमन्त्री कार्यालका सचिवहरूले भने मन्त्रिपरिषद्को अजेण्डा क्याबिनेट तहका सबै मन्त्रीलाई पठाउने गरेको बताए । माओवादीबाट प्रतिनिधित्व गरेका अन्य मन्त्रीले पनि क्याबिनेटको अजेण्डा आफूले पाउने गरेको बताएका छन् ।
माओवादीबाट प्रतिनिधित्व गरेका अर्का विनाविभागीय मन्त्री सन्तकुमार थारूले भने मन्त्रिपरिषद्को क्याबिनेट बैठकको अजेण्डा आफूले पाउने गरेको बताए । मन्त्रिपरिषद्को केही बैठकमा आफू सहभागी भएको पनि उनले बताए । उनले भने, ‘म अधिकांश समय चुनावको तयारीमा व्यस्त भए । चुनाव सकिएपछि मततातालाई धन्यवाद दिने कार्यक्रममा व्यस्त भए ।’ थारू मंगलबार पुनः काठमाडौबाट गृह जिल्ला बर्दिया गएका छन् । पार्टीले निर्णय गरेपछि आफूहरू सरकारबाट बाहिरिने पनि उनले बताए । उनले भने, ‘पार्टीले जे निर्णय गर्छ, हामीले त्यही मान्छांै ।’ विनाविभागीय मन्त्री भएपछि उनी पनि सिंहदरबार एकपटक मात्र गएका छन् । त्यो  पनि मन्त्रिपरिषद्को बैठकमा । सिंहदरबार गएपछि उनी सरासर मन्त्रिपरिषद्को बैठकमा सहभागी भए । त्यसपछि सरासर त्यहाँबाट हिंडे । आफूलाई छुट्टयाइएको कोठमा उनी हेर्न  पनि गएनन् ।  
विनाविभागीय राज्यमन्त्री श्यामकुमार श्रेष्ठ गृह जिल्ला रामेछापबाट मंगलबार मात्र काठमाडौं आइपुगेका छन् । चुनावको तयारी गर्न र चुनावपछि मतदातालाई धन्यवाद दिन आफू गृह जिल्लामै व्यस्त भएको उनले सुनाए । ‘विनाविभागीय भए पनि हामीलाई कहाँ फुर्सद भयो र ? चुनावको तयारी गर्न समय बित्यो ।’ उनले भने । विनाविभागीय मन्त्री भएपछि उनी पनि सिहंदरबार जाने गरेका छैनन् ।
तर विनाविभागीय राज्यमन्त्री आशा कोइराला भने विनाविभागीय मन्त्री भएपछि आफू फुर्सदिलो भएको बताइन् । उनले भनिन्, ‘विनाविभागीय भएपछि हामीलाई झनै सजिलो भएको छ  । चुनावको तयारी गर्न समय पुग्यो ।’ उनी पनि सकेसम्म सिंहदरबारमा छिर्न चाहन्निन् । पार्टीको निर्णयअनुसार आफूहरूले राजीनामा नगरेको उनले सुनाइन् ।
 हाल सरकारमा  विनाविभागीय मन्त्रीहरू कृष्ण्बहादुर महरा, गिरीराजमणि पोखरेल, जनार्दन शर्मा, प्रभु साह, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही, आशा कोइराला र सन्तकुमार थारू छन् । यसैगरी विनाविभागीय राज्यमन्त्री मोहम्मद  जाकिर हुसेन, रामसिहं यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरूङ, गोमा कुवँर, र वाङदी शेर्पा रहेका छन् ।
 

दुई बहालवाला मन्त्री प्रदेशसभा सांसद
वर्तमान सरकारमा रहेका दुई बहालवाला मन्त्री प्रदेशसभाका  सांसद भएका छन् । आशाा कोइराला र महेन्द्रबहादुर शाही प्रदेशसभा सांसद निर्वाचित भएका हुन् । कोइरालाले तनहँुबाट  र शाहीले कालीकोटबाट प्रदेशसभामा चुनावमा जितेका छन् ।  कोइरालाले ठूलो जिम्मेवारीबाट सानो जिम्मेवारीमा पुगेको  भनेर व्याख्या नगर्न आग्रह गरिन् । उनले भनिन्, ‘ठूलो जिम्मेवारीबाट सानो जिम्मेवारीमा पुगें भनेर अर्थ नलगाआंै । हामी राज्य पुनुर्संरचनाको जिम्मेवारीमा जाँदैछांै ।यो ठूलो काम हो ।’

प्रकाशित: १८ पुस २०७४ ०४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App