एमाले–माओवादी एकता प्रयास

सिद्धान्त, नेतृत्व र नाम परिवर्तन हुँदै

मङ्गलबार, १८ पुष २०७४, ०६ : १९ प्रकाश तिमल्सिना  | @prakashujyalo

काठमाडौं– नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण प्रक्रिया चलिरहँदा नाम, नेतृत्व, सिद्धान्त, सांगठनिक संरचना परिवर्तन हुने संकेत देखिएको छ । पार्टी एकीकरणपछि पुराना दुवै नाम परिवर्तन गरी ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्नेदेखि एमालेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ र माओवादीले अपनाउँदै आएको ‘माओवाद’ दुवै परिवर्तन गरी नयाँ सिद्धान्त बनाउने विषयसम्ममा छलफल सुरु भएको छ ।
एमाले उपमहासचिव घनश्याम भुसालले जनताको बहुदलीय जनवाद र माओवाद दुवैलाई तत्काल थाती राखेर नयाँ सैद्धान्तिक नीति बनाउनुपर्ने प्रस्ताव अघि सारिसकेका छन् । एमालेको ‘जबज’ ले अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकमा शान्तिपूर्ण तथा लोकतान्त्रिक विधिसहित गरिने क्रान्ति र माओवादीको ‘माओवाद’ ले पनि अर्धसामन्ती–अर्धऔपनिवेशिक मुलुकमा गरिने सशस्त्र क्रान्तिको कल्पना गरेकाले यी दुवैको कार्यभार सम्पन्न भइसकेको उनको विश्लेषण छ ।

हाल मुलुक अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा नभएको र जनवादी क्रान्ति चरण पूरा भएकाले अबको सिद्धान्त ‘राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै समाजवादको यात्रा’ हुनुपर्ने घनश्याम भुसालको प्रस्ताव ।

हाल मुलुक अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा नभएको र जनवादी क्रान्ति चरण पूरा भएकाले अबको सिद्धान्त ‘राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै समाजवादको यात्रा’ हुनुपर्ने भुसालको नयाँ प्रस्ताव छ । यसमा नारायणकाजी श्रेष्ठलगायतका माओवादी नेताले पनि समर्थन जनाउन थालिसकेका छन् ।
‘अब एमालेले जबज र माओवादीले माओवाद छाडेर पार्टी एकीकरणका लागि नयाँ सैद्धान्तिक बाटो तय गर्नुपर्छ’, श्रेष्ठले नेपाल अध्ययन केन्द्रको कार्यक्रममा भने, ‘पुरानै सिद्धान्तमा अडान राखेर समाज बुझ्न पनि सकिन्न, पार्टी एकीकरण पनि हुन सक्दैन ।’ त्यसका लागि एकीकरण पछिको नयाँ पार्टीमा नयाँ सिद्धान्त स्थापित गर्नुपर्ने विषयमा दुवै दलका नेतामाझ छलफलको क्रम सुरु भएको छ ।
एमाले र माओवादीबीचको एकीकरण प्रक्रिया सुरु भएलगत्तै पार्टीको नयाँ नामका विषयमा पनि छलफल सुरु हुन थालेको छ । ‘नयाँ पार्टी बनाउने भएपछि नाम पनि नयाँ नै हुनेछ,’ माओवादी नेता देवेन्द्र पौडेल भन्छन्, ‘नयाँ नामकरण गरेर गइयो भने पार्टी एकीकरण भएको सन्देश तलैसम्म जान्छ ।’ उनका अनुसार नेपाल कम्युुनिस्ट पार्टी, नेपाल समाजवादी पार्टीजस्ता विकल्पबारे बहस सुरु भएको छ ।

महाधिवेशनसम्मका लागि ओली र दाहाल दुवै रहेको अध्यक्ष मण्डल बनाउनेबारे पनि छलफल भएको छ । एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्ने, झलनाथ खनाल राष्ट्रपतिको भूमिकामा बस्ने, दाहालले पार्टी नेतृत्व गर्ने, माधव नेपालले संसदीय दलको नेतृत्वको जिम्मेवारी लिनेजस्ता वैकल्पिक प्रस्तावमा पनि छलफल सुरु भएको छ । एमालेका वामदेव गौतम, भीम रावल, ईश्वर पोखरेल, विष्णु पौडेल तथा माओवादीका नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, कृष्णबहादुर महरालगायतलाई स्थायी समितिमा राख्नेबारे पनि छलफल चलेको छ । 

त्यसो त दुवै पार्टीका शीर्ष नेतृत्वको व्यवस्थापनमा कठिनाइ देखिरहेका बेला युवा नेताले भने विभिन्न विकल्पमा छलफल र प्रस्ताव गर्न थालेका छन् । एमाले सचिव योगेश भट्टराईले पार्टी एकीकरणपछि केपी शर्मा ओली र पुष्पकमल दाहालले अन्यलाई नेतृत्व हस्तान्तरण गरी अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने प्रस्ताव गरिसकेका छन् ।
एकीकरणपछिको नयाँ पार्टी नेतृत्वको सबालमा पनि दुवै पार्टीका नेताबीचमा आन्तरिक छलफल सुरु भइसकेको माओवादी नेता पौडेल बताउँछन् । ‘एउटा पार्टीको नेतृत्वले सरकार सञ्चालन गरेमा अर्को पार्टीको नेतृत्वले नयाँ पार्टी हाँक्न सक्नेगरी व्यवस्था मिलाउन सकिन्छ’, पौडेल भन्छन्, ‘एमालेको पहिलो रोजाइ होस्, माओवादीको दोस्रो रोजाइ हुन सक्छ ।’ त्यसो त पार्टी अध्यक्ष, प्रधानमन्त्री, संसदीय दलका नेतालगायत एउटै व्यक्तिलाई दिन नहुने भन्दै एक पद एक व्यक्तिको सिद्धान्तमा जानुपर्ने बहस पनि सुरु भएको छ ।
महाधिवेशनसम्मका लागि ओली र दाहाल दुवै रहेको अध्यक्ष मण्डल बनाउनेबारे पनि छलफल भएको छ । एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्ने, झलनाथ खनाल राष्ट्रपतिको भूमिकामा बस्ने, दाहालले पार्टी नेतृत्व गर्ने, माधव नेपालले संसदीय दलको नेतृत्वको जिम्मेवारी लिनेजस्ता वैकल्पिक प्रस्तावमा पनि छलफल सुरु भएको छ । एमालेका वामदेव गौतम, भीम रावल, ईश्वर पोखरेल, विष्णु पौडेल तथा माओवादीका नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, कृष्णबहादुर महरालगायतलाई स्थायी समितिमा राख्नेबारे पनि छलफल चलेको छ । 
गौतमले राजनीतिमा सक्रिय हुनेगरी कुनै पनि कार्यकारी पदमा रहनेभन्दा पनि आर्थिक विकास र योजनासम्बन्धी समितिमा बस्न चाहेको खुलासा भइसकेको छ । ‘उहाँ (गौतम) ले आर्थिक विकाससम्बन्धी समितिमा राखिदिनुस् भन्नुभएको छ,’ दाहालले गौतमको इच्छालाई उनकै पुस्तक विमोचन समारोहमा खुलासा गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनले भने तिनै पदमा दोहोरिने इच्छा पार्टी नेतृत्वसमक्ष राखिसकेका छन् । नेतृत्वले भने निर्णय लिइसकेको छैन ।

 








यसमा तपाईको मत

अन्य समाचार

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

एनआइसी एसिया बैंकको पिओएस सेवा सुरु

एनआइसी एसिया बैंकको पिओएस सेवा सुरु

प्राविधिक कारणले अन्य बैंकको एटिएम र पिओएस मेसिनमा नचल्ने एनआइसी एसिया बैंकका डेबिट तथा क्रेडिट कार्ड पुनः सबै बैंकको एटिएम...

डोल्मा इम्प्याक्ट फन्डको पाँचौं वार्षिकोत्सव

डोल्मा इम्प्याक्ट फन्डको पाँचौं वार्षिकोत्सव

डोल्मा इम्प्याक्ट फन्डको पाँचौं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

Ncell Footer Ad