१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

वर्ल्डलिंकको नयाँ वर्ष मेला

काठमाडौं – इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले राजधानीको जावलाखेलमा नयाँ वर्ष मेला आयोजना गरेको छ। वर्ल्डलिंकले शनिबार अंग्रेजी नयाँ वर्ष २०१८ को स्वागत गर्दै जावलाखेल मैदानमा मेला सम्पन्न गरेको हो। प्रवेश निःशुल्क गरिएको मेलाको १५ हजार भन्दा बढी दर्शकले अवलोकन गरेको आयोजकले दावी गरेको छ।

सांगीतिक प्रस्तुति, फुड स्टल, फन गेम्स, म्याजिक सो, फेस पेन्टिङ लगायतका स्टलहरुमा युवाहरुको भिड लागेको थियो। कुटुम्ब, गायकहरु स्वप्न सुमन, नीतेशजंग कुवर, सबिन कार्की (बिष्ट) र द साउन्ड अफ स्ट्रिम्स लगायतको प्रस्तुतिमा दर्शकहरु झुमेका थिए।

इन्टरनेट सेवालाई अझ प्रभावकारी तथा गुणस्तर बनाउने उद्देश्यले आयोजना गरिएको मेलामा ग्राहकका अनुभव तथा चाहनालाई बुझ्ने काम गरिएको थियो। ग्राहकका सुझाव अनुरुप आगामी दिनमा वर्ल्डलिंकलाई अगाडि बढाउदै लगिने प्रतिबद्धता कम्पनीले जनाएको छ।

 

प्रकाशित: १७ पुस २०७४ १४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App