२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

थप ६ दल दर्ता

काठमाडौं- निर्वाचन आयोगमा थप ६ वटा नयाँ दल दर्ता भएका छन्। संविधान कार्यान्वयनसँगै संघीयताअनुसार तीन तहको चुनावलाई ध्यानमा राख्दै नयाँ दल दर्ता भएका हुन्। आयोगमा यसअघि दर्ता भएका १ सय ६४ सहित अब दलको संख्या १ सय ७० पुगेको छ। यसअघि आयव्यय विवरण बुझाउन नसकेका कारण खारेज भएका दल नै नयाँ नाममा दर्ता गरिएको हो। गान्धीवादी पार्टी नेपाल, हाम्रो पार्टी, आधुनिक नेपाल पार्टी, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनएकता पार्टी र राष्ट्रवादी पार्टी आयोगमा दर्ता भएका हुन्।

पुरानो दल खारेज भएपछि निर्वाचन प्रयोजनका लागि नयाँ दर्ता गरिएको हो। खारेज भएका दललाई उही नाम र लोगोमा पुनः दर्ता गर्न नपाउने नियम छ।

असार १ मा आयोगले एक वर्षदेखि तीन वर्षसम्म लगातार आम्दानी खर्च नबुझाउने २० साना दललाई 'किन जरिवाना नगर्ने' भनेर स्पष्टीकरण सोधेको थियो। १५ दिने म्यादसहितको सूचनामा ८१ मध्ये जम्मा १० दलले जवाफ पठाएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए। आयोगलाई उपयुक्त उत्तरसहित आयव्यय बुझाउन गएमा सय रुपैयाँ जरिवाना गर्ने कानुनमा उल्लेख छ।

प्रकाशित: २५ श्रावण २०७३ ०२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App