१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री देउवालार्इ जनादेशकाे कदर गर्न विवेकशील साझाकाे अाग्रह

काठमाडौं – विवेकशील साझा पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाई जनादेशको कदर गर्न आग्रह गरेका छन् । सोमबार विवेकशील साझा पार्टीले प्रेस विज्ञप्तिमार्फत लोकतन्त्रको आधारभूत अभ्यास गर्नुपर्नेमा जोड दिएको छ ।

कुनैपनि लोकतान्त्रिक मुलुकमा आम निर्वाचन सम्पन्न भएर नतिजा आइसकेपछि जनादेशको कदर गर्दै पुरानो सरकारले लोकतन्त्रको आधारभूत अभ्यास गरेर नयाँ सरकार गठन गर्नतर्फ लाग्नुपर्छ । राष्ट्रिय सभाको गठनसम्बन्धी अध्यादेशमा राष्ट्रपतिलाई नै विवादित पार्ने गरि विभिन्न दलको तर्फबाट आफ्नो अडान प्रस्तुत गर्ने काम भएको हुँदा ढिला नगरी अध्यादेश जारी गर्नुपर्ने कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘निर्वाचनपछी जाँदै गरेको सरकारको प्राथमिक कर्तव्य मुलुकमा नयाँ सरकारको गठन हुनको लागि अनुकुल वातावरण सृजना गर्न महत्वपूर्ण हो,’विवेकशील साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले भने,‘संबिधान कार्यान्यवनको पछिल्लो कडीको रूपमा मुलुकमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । मुलुकले नयाँ संबिधान प्राप्त गरेपछी पहिलो पटक हुन लागेको राष्ट्रिय सभाको गठनले आफैंमा विशेष महत्व राख्दछ ।  राष्ट्रिय सभामा नै सरकारको सिफारिसमा राष्ट्रपतिले तीन जना सदस्य नियुक्त गर्ने प्रावधान रहेकोमा यस प्रावधान अन्तर्गत दलीय भागबण्डाका आधारमा नभई समाजमा आफ्नो स्वतन्त्र छवि बनाएका दलभन्दा बाहिरका व्यक्तिहरुमध्येबाट सदस्यहरु छनौट हुनुपर्छ ।’

प्रकाशित: १७ पुस २०७४ ०८:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App