१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

देउवालाई टोपी उपहार, टोपीमा सजिए विदेशी मुहार (फोटो फिचर)

काठमाडौं– टोपी बचाउ अभियान सञ्चालन गरिरहेको युवाहरुको समूह जागरुक युवा अभियानको अग्रसरतामा आज सोमवार पाँचौ टोपी दिवस मनाइएको छ । टोपी दिवसका अवसरमा विदेशीहरु पनि नेपाली ढाका टोपीमा सजिएका देखिए । पर्यटकीय केन्द्र मानिएका स्थलहरुमा नेपाल घुम्न आएका पर्यटकहरुलाई व्यवसायीहरुले नेपाली टोपी लगाइदिएका थिए ।नेपाल टोपी प्रतिष्ठानले प्रधानमन्त्री शेरबहादुर देउवालाई टोपी उपहार दिएको छ ।

सन् २०१४ देखि  अंग्रेजी नयाँ वर्षको पहिलो दिन (१ जनवरी) लाई नेपाली टोपी दिवसका रुपमा मनाउँदै आएका युवाहरुले सोमवार माइतीघर मण्डलामा भेला भएर टोपी लगाउँदै यो दिवस मनाए । यो समूहले टोपी र्‌याली पनि गरेको छ ।

नेपालीपनलाई संरक्षण, प्रवर्द्धन र विस्तार गरौं भन्ने भावनाका साथ सुरु भएको टोपी बचाउ अभियान  १ जनवरीका दिन आ-आफ्नो स्थान र अवस्था अनुसार टोपी लगाएर सामाजिक संजालमा शेयर गर्ने प्रचलन बढ्दो छ ।

नेपालमा धेरै प्रकारका टोपी प्रयोग भए पनि भादगाउँले, ढाका र परम्परागत नेपाली टोपी मुख्य हुन् । त्यसबाहेक विभिन्न जात-जातिको आफ्नै टोपी पनि छन् । अन्तरराष्ट्रिय नेपाली टोपी दिवसमा आफ्नो आफ्नो क्षेत्र, जाति -जनजातिले आफ्नै टोपी वा टाउकोमा लगाउने आआफ्नो मौलिक पोशाक लगाएर मनाउन सकिने खुकुलो दिवस हो ।

यसैबीच नेपाल टोपी प्रतिष्ठानले पाँचौ राष्ट्रिय नेपाली टोपी दिवसको अवसरमा सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई टोपी उपहार प्रदान गरेको छ । तस्विरहरु:नविन पौडेल/रोशन सापकोटा/रासस

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App