१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

झगडामा घाईतेले आँखा गुमाए

धनकुटा – चौबिसे गाउँपालिका वडा नम्बर ८ साम्मेवा बजारमा आईतबार भएको झगडामा घाईतेहरुले आँखा गुमाएका छन्। सौर्य बजारबाट फर्कदै गरेका मौनाबुधुकका युवाहरु र साम्मेवा बजारबासीबीच भएको झडपमा परेर घाईते भएका चार जनाले आँखा र दाँत गुमाएको जानकारी जिल्ला प्रहरी कार्यालय धनकुटाले दिएको छ ।
महिलालाई जिस्काएको विषयमा भएको गालीगलौजपछि भएको झगडाको प्रतिकार गर्दा चार जनाले आँखा गुमाएको जानकारी चौबिसे गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष धनबहादुर लिम्बुले दिए । ‘झगडाको प्रतिकार गर्दा आँखाको नानी गुमाएका छन् । त्यसबाहेक दुई जनाको दाँत भाँचिएको छ,’उनले भने ।

प्रकाशित: १७ पुस २०७४ ०५:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App