१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाल पुलिसकी निर्मलाको चार गोल

काठमाडौं- निर्मला विकको ४ गोलप्रेरित नेपाल पुलिसले आइतबार मध्यमाञ्चमाथि ६–२ को फराकिलो जित हात पार्दै राखेप च्याम्पियनसिपअन्तर्गत १६औं महिला राष्ट्रिय फुटबल प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।
एन्फा मुख्यालय सातदोबाटोमा सम्पन्न समूह ‘ए’ को खेलको ११औं मिनेटमा निर्मलाले गरेको गोलमा पुलिसले अग्रता लिएको थियो । त्यसको दुई मिनेटपछि नै निर्मलाले व्यक्तिगत दोस्र्रो गोल गर्र्दै टोलीको अग्रता बढाएकी थिइन् ।
अस्मिता जैसीले १९औं मिनेटमा गोल गर्दै टोलीको स्कोर बढाइन् ।
सविता रानामगरले ३६ औं मिनेटमा गोल गर्दैै मध्यमाञ्चललाई खेलमा फर्काउने संकेत गरेकी थिइन् ।
३६औं मिनेटमा निर्मलाले ह्याट्रिक पूरा गर्दै टोलीको अग्रता ४–१ मा पु¥याइन् । मध्यान्तरपछिको चौथो मिनेटमा निर्मलाले व्यक्तिगत चौथो गोल गर्दै टोलीको अग्रता थप फराकिलो पारिन् ।
७२औं मिनेटमा झिमकुमारी गुरुङले गोल गर्दै पुलिसको फराकिलो जित पक्का गरिन् ।
खेल सकिन ११ मिनेट बाँकी हुँदा मिथिला कुस्वारले मध्यमाञ्चलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो सफल भएन ।
‘मध्यमाञ्चल उत्कृष्ट खेलाडीले भरिएको बलियो टोली हो,’ जितका साथ प्रतियोगितामा सुखद सुरुआत गरेपछि पुलिसका प्रशिक्षक सञ्जीव जोशीले भने ।
त्यस्तै आइतबारै सम्पन्न समूह ‘ए’ को अर्को खेलमा सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चललाई ४–० ले पराजित गरेको छ ।
सुदूरपश्चिमाञ्चलको जितमा चन्द्रा भण्डारी र श्रीशा कार्कीले समान २÷२ गोल गरे ।
खेलको नवौं मिनेटमा चन्द्राले गरेको गोलमा सुदूरपश्चिमाञ्चलले अग्रता लिएको थियो । ३७औं मिनेटमा चन्द्राले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारेकी थिइन् ।
खेल सकिन ८ मिनेट बाँकी हुँदा श्रीशाले गोल गर्दै टोलीको अग्रता ३–० मा पु¥याएकी थिइन् । त्यसको ७ मिनेटपछि श्रीशाले व्यक्तिगत दोस्रो गोल पूरा गर्दै सुदूरपश्चिमाञ्चलको जित पक्का गरिन् ।
सोमबार हुने समूह ‘बी’ को खेलमा नेपाल आर्मीले पश्चिमाञ्चल र एपिएफले मध्यपश्चिमाञ्चलको सामना गर्नेछन् ।

प्रकाशित: १७ पुस २०७४ ०४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App