क्लबमा पानी नाप्दै अनमोल

आइतबार, १६ पुष २०७४, १५ : ४६ नागरिक

कठमाडौं –  यो वर्षकै प्रतिक्षित चलचित्र ‘कृ’को ट्रेलरले युटुब र सामाजिक संजालमा हंगामा मच्चायो। नायक अनमोल केसीको बदलिएको गेटअपले दर्शकलाई अचम्मित मात्र बनाएन, चलचित्रलाई नै प्रतीक्षित बनाइदियो। युटुयुबमा करिब एक साता नम्बर १ ट्रेन्डिङमा रहेको चलचित्रको ट्रेलरलाई अधिकांश दर्शकले रुचाएका छन्।

ट्रेलरले युटुबमा हंगामा मच्चाएको करिब ३ सातापछि यसको निर्माणपक्षले चलचित्रको पहिलो गीत सार्वजनिक गरेको छ। ‘यति यति पानी गंगै रानी’ बोलको क्लब गीत, अंग्रेजी नयाँ बर्षको अवसर पारेर रिलिज गरिएको हो।

नयाँ बर्षमा यो गीत डान्स क्लब, डिस्कोमा घन्किने विश्वास निर्माणपक्षको छ। अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर रहेको गीतमा मिस्टर आर जे कै शब्द तथा संगीत छ। 

गीतको भिडियोलाई रेनशा वान्तवा रार्इले कोरियोग्राफी गरेकी हुन् भने पुरुषोत्तम प्रधानले खिचेका हुन्। चलचित्रका मुख्य नायक अनमोल केसीलाई यो क्लब गीतमा फिचरिङ गरिएको छ । अनमोलले यो गीतका लागि निकै मिहिनेत गरेको उनको नृत्य शैलीले पनि प्रष्ट पार्छ । काठमाण्डौको डेजा भू र राजु पेन्टरले निर्माण गरेको भव्य सेटमा खिचिएको गीतको भिडियो निर्माणमा निकै मिहिनेत गरिएको देखिन्छ। 

चकलेटी अनुहारका कारण चर्चामा रहेका अनमोलले आफ्नो एक्सन र अभिनय क्षमता चलचित्रको ट्रेलरमा देखाइसकेका छन् । अब, यो गीतस“गै उनको नृत्य क्षमता पनि देखिएको छ।

सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । चलचित्रमा सुवास गिरी र भूवन केसीको लगानी छ।  सुरेन्द्र पौडेलले यो चलचित्रको निर्देशन गरेका हुन्। ट्रेलरले सकारात्मक प्रतिक्रियाले हौसिएका सुरेन्द्र गीतबाट पनि आशावादी देखिएका छन्। 

कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रका सह–निर्माता श्री पराजुली हुन्। चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ । माघ २६ गतेबाट यो चलचित्र देशभरका हलमा रिलिज हुनेछ। 

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको उच्च व्यवस्थापनलाई लक्ष्य गरी साउन २९ र ३० गते आवासीय तनाव व्यवस्थापन तालिम आयोजना...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकास्थित ३२ मेगावाट  उत्पादन क्षमतको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको...

काञ्जिरोवामा स्टिम प्रशिक्षण

काञ्जिरोवामा स्टिम प्रशिक्षण

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

हुन्डाइको फेस्टिभ डिलाइट योजना सार्वजनिक

हुन्डाइको फेस्टिभ डिलाइट योजना सार्वजनिक

हुन्डाई अटोमोबाइल्स नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट २०७६ योजना ल्याएको छ । ...

Ncell Footer Ad