१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

ट्रेलरमा ‘ए सोल्टीनी’

काठमाडौं– सोल्टा सोल्टीको प्रेमकथामा बनेको  फिल्म ‘ए सोल्टिनी’को ट्रेलर र फस्र्टलुक सार्वजनिक भएको छ । निमा लामा तामाङ निर्देशित फिल्मको शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा फस्र्टलुक, गीत र ट्रेलर सार्वजनिक गरिएको हो । दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्म जिम्बा फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो ।

निर्देशक निमा, निर्माता दिलकुमार घलान तामाङ, नायक सविन श्रेष्ठ, द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठलगायतले संयुक्त रूपमा फस्र्टलुक सार्वजनिक गरे । निर्माता दिलकुमारले फिल्मलाई विभिन्न देशमा विशेष सो गरे पछि मात्र नेपालमा प्रदर्शन गर्ने बताए । तामाङ भाषाका भन्डै दर्जन फिल्म निर्देशन गरिसकेका निर्देशक निमाको ‘ए सोल्टिनी’ पहिलो नेपाली फिल्म हो । उनले यो फिल्मबाहेक ‘दोषी को’ र ‘परदेशले लुटेको सपना’ फिल्म निर्देशन गरिसकेका छन् । उनले कमेडी फ्लेबरमा प्रेम कथा पस्किएको बताए ।

अभिनेता सविन श्रेष्ठले फिल्मको कथामा नयाँपन रहेको बताए ।  ‘फिल्मको स्क्रिप्ट मन प¥यो । नयाँ टिमसँग काम गर्दाका अनुभव रोचक थियो । मेरो चरित्र दर्शकले मन पराउनेमा विश्वस्त छु,’ उनले भने ।

फिल्ममा सविन श्रेष्ठसँगै, अर्जुन गुरुङ, जयनन्द लामा, मञ्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा रानामगर, अनिता गोले, बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारको अभिनय छ । पूर्णी तामाङ प्रस्तुतकर्ता रहेको फिल्ममा विश्वास भण्डारीको छायांकन तथा सम्पादन, सोमलाल बाइवा र बिनय केटुको संगीत, राज गोलेले द्वन्द्व र अभि लामाको कोरियोग्राफी छ ।

प्रकाशित: १६ पुस २०७४ ००:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App