१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अश्लील भिडियो बनाएर रकम असुल्न खोज्ने दुई पक्राउ

बनियानी (रासस)-  बाटो छेकेर बलात्कारको प्रयास गर्ने र अश्लील भिडियो बनाएर रकम असुल्न खोज्ने दुई युवकलाई प्रहरीले आज सार्वजनिक गरेको छ।

अर्जुनधारा–११ स्थित गिरीबन्धु टि–स्टेटको चिया बगानमा बाटो छेकेर जबरजस्ती गर्न खोज्ने अर्जुनधारा–९ सालबाडीका १७ वर्षीय विजयबहादुर मगर र सोही स्थानका १७ वर्षीय नवीन डाँगीलाई इलाका प्रहरी कार्यालय अनारमनीले आज सार्वजनिक गरेको हो।

मितआमालाई भेट्न इलामबाट आएकी ३५ वर्षीया एक महिलालाई उनीहरुले खुकुरी देखाएर जबरजस्ती गर्ने प्रयास गरेका थिए । घटनामा संलग्न अर्का एकजना फरार रहेको र प्रहरीबाट उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पीडितको पहिचान भने प्रहरीले गोप्य राखेको छ।

पीडित महिलालाई बिहीबार मितआमाको भाइले मोटरसाइकलमा इलाम पुर्‍याउने क्रममा अर्जुनधारा नगरपालिका–११ मा रहेको गिरीबन्धु चिया बगानमा ती युवकले खुकुरी देखाई मोटरसाइकल रोक्न लगाएको प्रहरीको भनाइ छ ।

ती युवाले उनीहरुलाई कुटपिट समेत गरेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक कोइरालाका अनुसार ती महिला र उनका मितआमाको छोरा ‘भाइ’लाई चुम्बन गर्न लगाएर उनीहरुले भिडियो खिचेका र त्यसैका आडमा पैसा असुल्ने प्रयास गरेका थिए । तीन जनाले पीडित महिलाको कपडा खोलेर जबरजस्तीसमेत गर्न खोजेका थिए।

उनीहरुले बनाएको अश्लील भिडियो आफूसँग रहेको प्रहरी नायब उपरीक्षक कोइरालाले बताए। भिडियो बनाइसकेपछि ती युवाले आफूहरुले भनेजति पैसा नदिए भिडियो फेसबुक तथा अन्य सामाजिक सञ्जालमा अपलोड गरिदिने धम्कीसमेत दिएका थिए।

पीडितहरुले ‘हामीसँग यत्रो पैसा छैन, हामी दश हजार मात्र दिन सक्छौँ, बैंकबाट निकाल्नु पर्छ’ भन्दा पीडित महिलाको भाइको मोटरसाइकलको चाबी खोसी मोटरसाइकल र महिलालाई चियाबारी भित्र एकान्त स्थानमा लगेको र भाइलाई एकजनाको साथ लगाएर बैंकमा पैसा लिन पठाएको प्रहरीले जनाएको छ।

तर, बैंकतर्फ आउने क्रममा पीडितको भाइ साथ लागेर आएका युवकलाई छलेर इलाका प्रहरी कार्यालय बिर्तामोड पुगेका थिए। उक्त स्थानमा प्रहरी पुग्दा ती महिला निर्वस्त्र अवस्था भेटिएको प्रहरीको भनाइ छ।

घटनामा संलग्नमध्येका डाँगी र मगरलाई प्रहरीले तत्काल घटनास्थलबाट पक्राउ गरेको थियो।
 

 

प्रकाशित: १५ पुस २०७४ १३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App