१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

थ्रेसहोल्ड नकटेका ४ पार्टीबीच एकता

काठमाडौं – आदिवासी जनजाती समुदायको प्रतिनिधित्व गर्ने ४ साना पार्टीबीच एकीकरण भएको छ। शनिबार कुमार राई नेतृत्वको सामाजिक लोकतान्त्रिक पार्टी, किरण राईको किरात खम्बुवान लोकतान्त्रिक पार्टी, ज्ञानेश्वर राईको संघीय खम्बुवान लोकतान्त्रिक पार्टी र मैयाकुमारी राई नेतृत्वको नव जनवादी मोर्चाबीच एकीकरण भएको हो। 

थ्रेस होल्ड लगाएर ठूला दलले गरेको निधेषको राजनीतिविरुद्ध र पहिचानको सपना साकार पार्न आफूहरु एक भएको संघीय खम्बुवान पार्टीका अध्यक्ष ज्ञानेश्वर राईले बताए। दलीय सिन्डिकेटले जातीय सशस्त्र आन्दोलन उत्पन्न हुनसक्ने भन्दै सत्ताधारीले सोच्नुपर्ने उनको भनाई छ।  यी ४ दलले भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिएका थिए। 

प्रकाशित: १५ पुस २०७४ १२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App