१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नागरिककर्मी राई सम्मानित

खोटाङ – पत्रकारिताको माध्यमबाट पूर्ण खोप सुनिश्चितताका लागि योगदान पुर्‍याए वापत खोटाङका नागरिककर्मी दमन राई सहित दुई पत्रकारलाई जिल्ला अस्पतालले सम्मान गरेको छ।

जिल्लालाई पूर्णखोप सुनिश्चित गर्ने लगायतका स्वास्थ्यका क्षेत्रमा भएका अभियान र कार्यप्रगतीका विषयमा सकरात्मक ढंगले कलम चलाएको भन्दै नागरिककर्मी राई र नयाँपत्रिका दैनिकका सम्वाददाता केदार मगरलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कार्यक्रमको अवसरमा जिल्ला अस्पताल, खोप समन्वय समितिले सम्मान गरेको हो।

कार्यक्रममा एमालेका जिल्ला उप–सचिव कुमार आचार्य र कांग्रेसका नेता दुर्गाप्रसाद घिमिरेले पत्रकारद्वयलाई प्रशंसा–पत्र प्रदान गरेका छन्। 

पत्रकारिताको माध्यमबाट नागरिकको स्वास्थ्यका विषयमा सचेतना फैलाउन योगदान पुर्‍याएकोमा जिल्ला जनस्वास्थ्य कार्यालयले पूर्वघोषित कार्यक्रम अनसार पत्रकारद्वयलाई सम्मान प्रदान गरेको हो। पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणाका क्रममा सहयोग पुर्‍याउने अन्य संघसंस्था तथा व्यक्तिलाई समेत सम्मान गरिएको छ। 

प्रकाशित: १५ पुस २०७४ ०७:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App