१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

फाइनलमा आर्मी र एपिएफ

पोखरा–राष्ट्रिय खेलकुद परिषद् (राखेप) च्याम्पियनसिपअन्तर्गत पोखरामा भएको ३१औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा आर्मीले पुलिस र एपिएफले घरेलु टिम पश्चिमाञ्चललाई पराजित गर्दै उपाधिका लागि भिड्ने भएका छन् ।

शुक्रबार भएको सेमिफाइनलमा आर्मीले संघर्षपूर्ण खेलमा नेपाल पुलिसलाई २५–२३, १९–२५, २५–२३, १९–२५, १६—१४ ले हरायो । त्यस्तै अर्काे खेलमा सशस्त्र प्रहरीको एपिएफले २५–१६, २५–२१ र २५–२३ ले पश्चिमाञ्चलाई पराजित ग¥यो । तेस्रो स्थानका लागि आयोजक पश्चिमाञ्चल र नेपाल पुलिसक्लब भिड्नेछन् । 

त्यसै गरी च्याम्पियनसिपअन्तर्गतको २१औं महिला राष्ट्रिय भलिबल प्रतियोगितामा एपिएफले पश्चिमाञ्चललाई २५–१८, २५–२२ र २५–२२ को सोझो सेटमा पराजित गर्दै फाइनल पुग्योे ।

त्यस्तै अर्को सेमिफाइलनमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २२–२५, २५–२०, २७–२५, २५–१३ ले हराउँदै मध्यमाञ्चलले एपिएफसगँको भेट पक्का ग¥यो । तेस्रो स्थानका लागि शनिबार महिलातर्फ पश्चिमाञ्चल र नेपाल पुलिस क्लब बीचखेल हुनेछ । 

 

प्रकाशित: १५ पुस २०७४ ००:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App