१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आइतबारबाट महिला फुटबल

काठमाडौं– राखेप च्याम्पियनसिपअन्तर्गत आइतबारबाट १६औं महिला राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ ।
एन्फा मुख्यालय सातदोबाटोमा १६ गतेदेखि २७ गतेसम्म चल्ने प्रतियोगितामा तीन विभागीय  र पाँच क्षेत्रीय गरी कुल आठ टोलीको सहभागिता रहनेछ ।

जसअन्तर्गत समूह ‘ए’ मा नेपाल पुलिस क्लब, पूर्वाञ्चल, सुदूर पश्चिमाञ्चल र मध्यमाञ्चल छन् । त्यस्तै समूह ‘बी’ मा नेपाल आर्मी क्लब, एपिएफ क्लब, पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल छन् ।
प्रतियोगिताको विजेता टोलीले २ लाख ,उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्  । त्यस्तै उत्कृष्ट गोलकिपर, रक्षक, स्ट्राइकर, मिडफिल्डर र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

प्रकाशित: १५ पुस २०७४ ००:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App