राष्ट्रियसभा सदस्य निर्वाचनको मिति चाँडै घोषणा गरिने

शुक्रबार, १४ पुष २०७४, १९ : ३६ नागरिक

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको परामर्शमा केही दिनभित्रै राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गरिने बताएका छन्। 

आयोगका पदाधिकारीले आज प्रधानमन्त्रीसँग भेटी राष्ट्रियसभा सदस्यको निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेको थियो। प्रधानमन्त्रीसँग उनको सरकारी निवास बालुवाटारमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव र आयोगका पदाधिकारीले संयुक्त रूपमा भेटी उक्त आग्रह गरेको आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए। 

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश आज प्रमाणीकरण गरेछि आयोगका तर्फबाट निर्वाचनको मिति घोषणा गर्न सल्लाह दिइएको थियो। सो अवसरमा डा यादवले प्रदेश प्रमुख नियुक्ति र प्रदेशसभा सदस्यको शपथ नलिएसम्म राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदाता हुन नसक्ने व्यहोरा पनि अवगत गराएको प्रवक्ता घिमिरेले जानकारी दिए। 

प्रधानमन्त्रीले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गराउन सफल भएकामा आयोग र यसका पदाधिकारीलाई धन्यवाद तथा बधाई ज्ञापन गरेका थिए। डा यादवले पनि निर्वाचन सफल बनाउन सरकारले पु¥याएको सहयोगको सराहना गर्दै प्रधानमन्त्रीसमक्ष बधाई ज्ञापन गरेको आयोगले जनाएको छ। भेटका अवसरमा निर्वाचन आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह पनि उपस्थित थियो। 








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad