१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

खुकुरी प्रहार गरी दाजुको हत्या

उर्लाबारी-मोरङको विराटनगर–६ मा आज बिहान खुकुरी प्रहार गरी भाइले दाजुको हत्या गरेका छन्।

सोही ठाउँका ३० वर्षीय वीरेन्द्र मुखियाले आज बिहान खुकुरी प्रहार गरी आफ्नै दाजु ४० वर्षीय सन्तोष मुखियाको हत्या गरेका हुन् । वीरेन्द्रले खुकुरीले टाउकोमा प्रहार गर्दा सन्तोषको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो । वीरेन्द्र मानसिक रोगी भएको बताइन्छ ।
वीरेन्द्रले दाजुको हत्या गर्नुको कारण भने खुलिनसकेको थापाले बताए। दाजुको हत्या गरेका वीरेन्द्रले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । घटनाको अनुसन्धान गर्ने कार्य भइरहेको मोरङ प्रहरीले जनाएको छ। रासस

 

प्रकाशित: २४ श्रावण २०७३ १०:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App