१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भैरहवा सेजमा छिट्टै बिजुली

काठमाडौं–विद्युत् अभावमा उद्योग सञ्चालन हुन नसकेको भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)मा छिट्टै बिजुली पु¥याउने प्रतिबद्धता नेपाल विद्युत् प्राधिकरणले गरेको छ । मंगलबार उद्योग मन्त्रालयमा भएको चौमासिक समीक्षा बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सेजमा छिट्टै विद्युत् पु¥याउने बताएका हुन् ।

 ‘प्राधिकरणका कार्यकारी निर्देशकबाटै छिट्टै विद्युत् पु¥याउने प्रस्ताव आएको छ,’ विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले भने, ‘उहाँकै प्रतिबद्धता आएपछि छिट्टै होला भन्ने विश्वास छ ।’ विद्युत् प्राधिकरणले १२ किलोमिटर परबाट लाइन तानेर २० मेगावाट विद्युत् भैरहवा सेजमा उपलब्ध गराउँदै छ । 

भ्ट्टका अनुसार ५ किलोमिटरमा विद्युत्का पोल गाड्ने काम भइसकेको छ भने बाँकीमा पोल खसालिसकेको छ । पोल गाड्ने र तार तान्ने कामलाई तीव्रता दिएर छिट्टै काम सक्ने प्रतिबद्धता विद्युत् प्राधिकरणले गरेको हो । 

भैरहवा सेज स्थापना भएको लामो समय हुँदा पनि उद्योग स्थापना गर्न विद्युत् अभाव भएपछि  असोजको अन्तिम साता ऊर्जा मन्त्रालय, उद्योग मन्त्रालय, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक, योजना आयोगका उपाध्यक्षसहितको बैठकमा ६० दिनभित्र उक्त क्षेत्रमा बिजुली पु¥याउने समझदारीपत्रमा हस्ताक्षर नै भएको थियो । उक्त सहमति भए पनि भैरहवा सेजमा अहिलेसम्म विद्युत् पुग्न सकेको छैन । 

भैरहवा सेजमा उद्योग सञ्चालन गर्न भन्दै प्राधिकरणसँग १९ वटा उद्योगसँग सम्झौता भएर दर्ता भइसकेका छन् । १९ वटा उद्योगले उक्त सेजमा झन्डै ७ अर्ब रुपैयाँ लागनी गर्ने सम्झौता गरेका छन् । 

त्यसैगरी, सिमरामा बनाउन सुरु गरिएको गर्मेन्ट प्रोसेसिङ जोनको काम पनि तीव्र रुपमा भइरहेको छ । २ वर्षभित्र पूर्वाधार निर्माण सक्ने लक्ष्यसहित निर्माण सुरु भएको गार्मेन्ट प्रोसेसिङ जोनको पछिल्लो चौमासिक प्रतिवेदनमा ९४ प्रशित काम सकिएको उल्लेख छ । २ अर्ब रुपैयाँ बजेट छुट्ट्याइएको यस क्षेत्र निर्माणको प्रगति सन्तोषजनक नै भएको भट्टले बताए । ‘अबको १८ महिनाभित्रमा उद्योग स्थापना गर्ने गरी पूर्वाधार तयार हुन्छ,’ भट्टले भने । 

औद्योगिक क्षेत्र भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र भारतको नयाँ दिल्लीबाट हजार किलोमिटर दुरीमा छ । ३६ हेक्टर जमिनमा फैलिएको यो सेज कानपुर, हरियाणालगायत प्रदेशबाट नजिक पर्छ भने लखनउ र गोरखपुर क्रमशः ४ सय र ९५ किलोमिटर दुरीमा पर्छन् ।

सेजको अवधारणा नै उत्पादित वस्तु निर्यात गर्नु हो । नेपालमा स्थापना गर्न लागिएका केही सेज भारत नजिक छन्, जसको प्रमुख बजार केन्द्र भनेको नेपालका सिमानामा जोडिएका भारतीय बजार नै हुन् । 

भैरहवा क्षेत्रको प्रमुख निकासी केन्द्र नै भारत हो । नेपालसँग जोडिएको सुनौली नाका केही किलोमिटर मात्र पर छ । भैरहवाको सेज सञ्चालन गर्न सके यस क्षेत्रको सबैभन्दा ठूला बजार नै भारत हुने व्यवसायी बताउँछन् । सेजमा स्थापना भएको उद्योगले ७५ प्रतिशत सामान निकासी गर्नुपर्ने प्रावधान राखिएको छ । उत्पादकले २५ प्रतिशतभन्दा धेरै उत्पादन नेपालको आन्तरिक बजारमा बिक्री गरेमा केन्द्रीय कार्यालयले जरिवानाको लागि सिफारिस गर्ने व्यवस्था छ । 

 

प्रकाशित: १४ पुस २०७४ ०१:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App