१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मूल्यवृद्धि फिर्ता लिन निर्माण व्यवसायीको माग

काठमाडौँ – नेपाल निर्माण व्यवसायी महासंघले इन्धन, सिमेन्ट, डण्डी, गिटी, बालुवालगायत अत्यावश्यक निर्माण सामग्रीमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ। 

महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले आज विज्ञप्ति जारी गरी अव्यावहारिक ढंगले अप्रत्याशित मूल्यवृद्धि भएको जनाउँदै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरे। विज्ञप्तिमा भनिएको छ, “निर्माण सामग्रीमा अप्राकृतिक र अप्रत्याशित ढंगले भएको चर्को मूल्यवृद्धिका कारण देशभरका निर्माण कार्य प्रभावित भई लागतसमेत बढ्ने भएकाले व्यवसायी ठूलो मारमा परेका छन्।” 

महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ मा भएको मूल्य समायोजनको व्यवस्थालाई कडाइका साथ लागू गराई निर्माणमा व्यवसायीले विनाझन्झट नेपाल राष्ट्र बैंकको उपभोक्ता मूल्यसूचीबमोजिम मूल्य समायोजनको रकम प्राप्त गर्ने व्यवस्था गरिदिन अनुरोध गरेको छ।
 
यातायात व्यवसायी महासंघको महाधिवेशन माघमा 
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौँ केन्द्रीय महाधिवेशन आगामी माघ १७– १९ गते चितवनमा हुने भएको छ । महासंघका कावा अध्यक्ष डोलनाथ खनालको अध्यक्षतामा आज नयाँ बानेश्वरमा बसेको बैठकले निर्वाचन सफल बनाउन उनकै संयोजकत्वमा १०१ सदस्यीय मूल समिति गठन गरेको महासचिव सरोज सिटौलाले बताए। 

प्रत्येक तीन वर्षमा नेतृत्व परिवर्तन हुने महासंघमा देशभरबाट दुई हजार १०० महाधिवेशन प्रतिनिधिले भाग लिने छन्। महासंघमा हाल देशभरका ३०६ संस्था आबद्ध छन्। देश संघीयतामा गएको अवस्थालाई ध्यानमा राखी महासंघले केन्द्र, प्रदेश र जिल्ला समिति रहने गरी विधान संशोधनसमेत गर्न लागेको छ। 

प्रकाशित: १३ पुस २०७४ १४:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App