१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

ललितपुरमाथि भैरहवाको रोमाञ्चक जित

काठमाडौँ – रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङ प्रेरित भैरहवा ग्लाडियटर्स विहीबार भएको रोमाञ्चक खेलमा ललितपुर प्याट्रियर्सलाई ३ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल)को  फाइनल प्रवेश गरेको छ। 

१३३ रनको लक्ष्य पछ्याएको भैरहवालाई जितका लागि अन्तिम ओभरमा १३ रनको आवश्यकता थियो । रोहितले दिपेश भण्डारीको पहिलो र दोश्रो बलमा लगातार दुई छक्का प्रहार गर्दै खेल भैरहवाको पक्षमा पारेका थिए । तेश्रो बलमा एक रन जोड्दै रोहितले तीन बल अगावै भैरहवाको जितलाई औपचारिकता दिएका थिए। 

सत्र बल खेलेका रोहितले दुई छक्का र एक चौकाको मद्दतमा अविजित २८ रनको योगदान दिए । त्यस्तै कृष्ण कार्कीले दुई रन बनाए। 

त्यस्तै प्रथम सालुन्केले ३२ रन जोडे । २२ बल खेलेका उनले तीन चौका र तीन छक्का प्रहार गरे ।

ललितपुरका ललित राजवंशी र पवन श्राफले २/२ विकेट लिए। 

यसअघि टस हारेर व्याटिङका लागि उत्रेको ललितपुरले निर्धारित ओभरमा  ६ विकेट गुमाउँदै १३२ रनको योगफल तयार पारेको थियो । ललितपुरका  जयकिशन कोल्सावालाले ४२ र सन्नी पटेलले ३२ रनको योगदान दिए । त्यस्तै दीपेश भण्डारीले अविजित २२ रन जोडे। 

भैरहवाको पुनित मिश्रले २ र भुवन कार्की, आरिफ शेखले समान एक एक विकेट लिए। 

यसअघि लिग चरणको खेलमा पनि भैरहवाले ललितपुरलाई पराजित गरेको थियो।

 शनिबार हुने फाइनलमा भैरहवाले विराटनगर वारियर्सको सामना गर्नेछ। 

 

प्रकाशित: १३ पुस २०७४ ०९:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App