१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

कम्युनिटी सिल्डको उपाधी म्यानचेस्टर युनाइटेडलाई

म्यानचेस्टर–प्रमियर लिग विजेता लेस्टर सिटीलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेडले कम्युनिटी सिल्डको उपाधि जितेको छ।
म्यानचेसटरले लेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको हो। उसका जोसे लिनगार्डले खेलको ३२ औ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।

तर खेलको ५२ औं मिनेटमा लेस्टरका जेमी भार्डेले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याएका थिए ।खेलको ८३ औं मिनेटमा म्याचेस्टरका जाल्टन इब्राहिमोबिचले गोल गर्दै जित पक्का गरेका थिए।
 प्रशिक्षक जोसे माउरिन्होले आफ्नो कार्यकालको सुरुवात म्यानचेस्टर युनाइटेडलाई उपाधि दिलाउन सफल भएका छन्।

 

प्रकाशित: २४ श्रावण २०७३ ०९:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App