१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रोकियो ज्येष्ठ नागरिक आवास निर्माण कार्य

खोटाङ – खोटाङ सदरमुकाम दिक्तेलमा ज्येष्ठ नागरिक आवास गृह निर्माणका लागि जुटेका वृद्धवृद्धालाई आर्थिक अभाव भएको छ । सदरमुकाम दिक्तेलको भवनगैरास्थित कर्म मन्दिरछेउमा दिवा सेवा भजन गृह निर्माण सुरु गरेका ज्येष्ठ नागरिकलाई निर्माण कार्य आर्थिक अभावमा रोकिदैंछ ।
दुई तले भवनको संरचना निर्माण भएपनि प्लाष्टर र फिनिसिङका काम हुन नसकेको ज्येष्ठ नागरिक संघका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए । ‘आर्थिक अभावमा भवनको फिनिसिङ लगायत शौचालय, बाथरुम निर्माण लगायतका काम अगाडि बढ्न नसकेको छैन् । भवन निर्माण् गर्न रकम अभाव भएपछि देउसी खेल्यौँ, बजार डुलेर चन्दा उठायौँ,’ संघका अध्यक्ष घिमिरेले भने, ‘१४ लाख खर्च भइसक्यो अझै भवन पूरा गर्न सकिएको छैन ।’  भवन निर्माणकालागि स्रोत जुटाउन ज्येष्ठ नागरिक संघको अगुवाईमा वृद्धवृद्धाले भजन गाउँदै दिक्तेलबजारमा र्याली निकाली सकेका छन् ।

प्रकाशित: १३ पुस २०७४ ०५:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App