१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भारतसँगको विद्युत् खरिद सम्झौता नवीकरण

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले भारतसँगको विद्युत् खरिद सम्झौता नवीकरण गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोलीले आगामी तीन महिनाका लागि भारतसँगको विद्युत् खरिद सम्झौता नवीकरण गरेको हो ।

पुस १६ गतेदेखि सकिन लागेको विद्युत् खरिद सम्झौता नवीकरण गर्ने उद्देश्यका साथ कार्यकारी निर्देशकसहितको टोली बुधबार भारत प्रस्थान गरेको थियो । बुधबार ३ बजेदेखि बसेको संयुक्त बैठकले पुरानै दरमा बिजुली आयात गर्ने सम्झौता गरेको प्राधिकरण स्रोतले नागरिकलाई बतायो । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात भइरहेको १४५ मेगावाट बिजुलीको सम्झौता नवीकरण गरिएको हो ।

भारतकोे विद्युत् व्यापारको नोडल एजेन्सी विद्युत् व्यापार निगम (एनभिभिएन) लिमिटेडका अधिकारीसँग घिसिङ नेतृत्वको टोलीले छलफल गरी सम्झौता नवीकरण गरेको हो । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट १ सय ४५ मेगावाट बिजुली प्रतियुनिट पाँच रुपैयाँ ७६ पैसा अर्थात ३.६० भारुमा आयात भइरहेको छ । 

 

प्रकाशित: १३ पुस २०७४ ०१:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App