२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानी सम्राट आकिहितोले पद त्याग गर्ने संकेत

टोकियो –जापानका सम्राट आकिहितोले पद त्याग गर्ने संकेत गरेका छन्। आइतबार एक सरकारी टेलिभिजनमा दिएको एक सन्देशमा ८२ वर्षीय सम्राट आकिहितोले आफ्नो बढ्दो उमेर, बिगँ्रदो स्वास्थ अवस्थाका कारण पद त्याग गर्ने संकेत गरेका हुन्। जापानमा पद त्याग सम्बन्धमा कुनै नियम उल्लेख गरिएको छैन । त्यसका लागि कानुनमा संशोधन गर्नु पर्ने हुन्छ।

१० मिनेट लामो सन्देशमा आकिहितोले आफूले पद छाड्दैमा आफ्नो दाहित्वबाट पछि नहट्ने बताएका छन्। उनले भने, ‘यदि कुनै सम्राटले आफ्नो खराब स्वास्थ तथा बढ्दो उमेरका कारण पद छोड्न चाहेमा उसको अन्तिम साससम्म उ सम्राट नै रहन्छ।’

यता जापानी प्रधानमन्त्री सिन्जो आवेले भने सरकारले यसबारेमा गम्भिर छलफल गर्ने बताएका छन्। आकिहितोले आफ्ना पिता हाकिहितोको निधनपछि सन् १९८९ बाट सम्राटका रुपा कार्यभार सम्हाल्दै आएका छन्।

 

 

प्रकाशित: २४ श्रावण २०७३ ०७:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App