१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पराजित उम्मेदवारलाई ज्यान मार्ने अभियाेगमा मुद्दा

स्याङजा – प्रदेशसभा निर्वाचनमा स्याङजा क्षेत्र नम्बर २ का उम्मेदवार विष्णुप्रसाद पौडेलको नाममा ज्यान मार्ने उद्योगमा मुद्दामा मुद्दा दर्ता भएको छ ।

पुस १० मा कांग्रेस स्याङजा क्षेत्र नम्बर २ को चुनावी समीक्षा बैठकमा कार्यकर्ताबीच कुटपिट भएको घटनामा उनीविरुद्ध मुद्दा दर्ता गरिएको थियो । कुटपिटमा भेषराज अर्याल, कमल ढकाल र सुशिल काफ्ले घाइते भएको थियो । घाइते काफ्लेको बयोधा हस्पिटल काठमाण्डौंमा उपचार भैरहेका छन् । ढकाल र काफ्लेको अवस्था सामान्य काफ्लेका बुवा केदार काफ्लेले जानकारी दिए । केदार काफ्ले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वालिङ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हुन् ।
वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरिक्षक चीनकपुर गुरुङका अनुसार कुटपिट घटनामा संलग्न पौडेलसहित अन्य पाँच जनाको खोजी भइरहेको छ । ‘ज्यान मार्ने उद्योगमा मुद्दा परेको छ’ उनले भने, ‘अनुसन्धानलाई प्रक्रिया अगाडि बढिसकेको छ ।’
कांग्रेस क्षेत्र नम्बर २ का सभापति अर्जुन प्रकाश अर्यालले जाहेरी परेको जानकारी पाएको प्रतिक्रिया दिएका छन् । पीडितहरुको तर्फबाट शोभाकान्त ढकालले मुद्दा दर्ता गरेका हुन् । ‘राजनीतिक अवरणमा गुण्डागर्दी मान्य हुदैँन’, उनले भने, ‘घटनामा संलग्नहरुलाई कानुनी कठघरामा ल्याउनुपर्छ ।’
 

प्रकाशित: १२ पुस २०७४ १०:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App