२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

धरानमा सूर्य नेपाल गल्फ

धरान–सूर्य नेपाल गल्फ टुरअन्तर्गत सिजनको चौथो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन बुधबार धरानको निर्वाणा कन्ट्री क्लब हेल्थ एन्ड गल्फ रिसोर्टमा सुरु हुने भएको छ।

तीन दिन गरी ५४ होलमा खेलाइने प्रतियोगितामा ६ स्थानीयसहित ३० व्यावसायिक खेलाडीले ६ लाख ३० हजार पुरस्कार राशिका लागि प्रतिस्पर्धा गर्ने आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए) ले जनाएको छ ।  प्रतियोगिताको विजेताले १ लाख १५ हजार रुपैयाँ पाउनेछ भने उपविजेताको भागमा ७४ हजार रुपैयाँ पर्नेछ।

यसै गरी तेस्रो हुनेले ५३ हजार रुपैयाँ पाउँदा उच्च प्रदर्शन गर्ने शीर्ष २१ व्यावसायिक खेलाडी नगद पुरस्कारको भागीदार बन्नेछन् । दुई दिनमा ३६ होलको खेल सकिएपछि अन्तिम दिनको १८ होलका लागि शीर्ष २१ खेलाडीको छनोट (कट) गरिनेछ। 

 

प्रकाशित: १२ पुस २०७४ ००:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App