१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

देउवा ओर्लँदै, दाहाल फर्कँदै

चितवन– सरकार गठन र राष्ट्रिय सभा अध्यादेशको अन्योल कायमै रहेका बेला देशका प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री चितवन आउजाउ गर्न थालेका छन् । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पाँच दिन लामो चितवन बसाइपछि आज काठमाडौं फर्कदै गर्दा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा चितवन आउँदैछन् ।

प्रधानमनत्री देउवा मध्यान्ह हेलिकप्टरबाट चितवन आउने नेपाली कांग्रेसका चितवन जिल्ला सभापति जितनारायण श्रेष्ठले बताए । पूर्व प्रधानमन्त्री दाहाल भने जाहाजबाट दिउँसो तीन बजे काठमाडौं जाने माओवादीका नेता सूर्य सुवेदी पथिकको भनाइ छ । देउवा सौराहामा क्षेत्रीय होटल संघले आयोजना गरेको हात्ती महोत्सवको उद्घाटन गर्न आउन लागेका हुन् ।

‘हेलिकप्टरबाट सिधै सौराहा आएर महोत्सव उद्घाटनपछि प्रधानमन्त्री फर्की हाल्नु हुनेछ,’ कांग्रेस चितचवनका सभापति श्रेष्ठले भने । दाहाल भने शुक्रबार चितवन आएका थिए । शनिबार भैरहवा गएका दाहाल आइतबार र सोमबार जिल्लाका विभिन्न कार्यक्रममा सहभागी भए । दाहाल चितवन क्षेत्र नं. ३ बाट निर्वाचित सासंद हुन् । सासंद निर्वाचित भएपछि सम्मानमा आयोजित कार्यक्रमहरुमा उनी व्यस्त भएका थिए ।

शुक्रबार विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा शनिबार भैरहवा गएर काठमाडौं फर्कने र शनिबार नै बाम गठबन्धन तथा पार्टी एकता संयोजन समितिको बैठक राखेर राष्ट्रिय सभा अध्यादेश र पार्टी एकीकरणका विषयमा छलफल र सकेसम्म सकारात्मक निर्णय गर्ने बताएका दाहाल अहिलेसम्म चितवनमा रहे । शुक्रबार मात्रै प्रधानमन्त्री निवासमा पाँच दलको बैठक बसेर अध्ययादेश र सरकार गठनका विषयमा छलफल भए पनि ठोस निश्कर्ष निस्केको थिएन । त्यसपछि संयुक्त छलफल हुन सकेको छैन ।

प्रकाशित: ११ पुस २०७४ ०४:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App