१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आयोजक बिरुद्ध झापाको फराकिलो जित

पाँचथर–विशाल राईको ह्याट्रिक सहित निक्कै फराकिलो गोल अन्तरले आयोजक फिदिम स्र्पोटिङ क्लबलाई हराउदै  डिफेण्डीङ च्याम्पियन बिर्तामोड युनाईटेड क्लव झापा फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्डकपमा विजयी भएको छ।

सोमवार  भएको खेलमा फिदिमलाई पूर्ण रुपमा दवाव राख्दै ७–१ फराकिलो गोल अन्तरले झापा विजयी भएको हो । यो जितसँगै उपाधि दाबेदार झापा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ।

बिर्ता युनाईटेडको नाममा झापा–११ को प्लेइङ सेटकै खेलाडी लिएर मैदानमा उत्रिएको झापाका लागि यो निक्कै सहज जित हो । तुलनात्मक रुपमा निक्कै कमजोर फिदिमका खेलाडीलाई झापाले पूर्ण रुपममा दबाव राखेको हो । घरलु मैदानमा निक्कै लजास्पत हार आयोजकले व्यहोरेको हो । बाई पाएर दोश्रो चरणमा प्रवेश गरेको फिदिम भने प्रतियोगिताबाटै बाहिरिएको छ।
झापाका लागि विशाल राई ए ले प्रतियोगिताकै पहिलो ह्याट्रिक गरे । त्यस्तै स्टाईकर कर्ण लिम्बुले २, क्याप्टेन नरेन लिम्बुको १ र हिसुब थपलियाले थप १ गोल गरे । झापा विरुद्ध फिदिमको १ गोल आत्माघाति भएको थियो । खेल सुरु भएको पाचौँ मिनेटमा विशाल राईलेले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । योगेश गुरुङको पासलाई सदुपयोग गर्दै राईले गोल गरेका हुन।

१२ मिनेटमा झापाले आत्माघाती गोल गरेपछी खेल बरावरी भएको थियो ।  गोलपोस्टनेर बल खोस्ने प्रयास हुदा झापाका दिलेन लोक्तामको खुट्टामा ठोकिएर गोल हुन पुगेको थियो । १९ औँ मिनेटमा कर्ण लिम्बुले गोल गर्दै टोलीको अग्रता पुन अग्रता दिलाए । निशान खड्काको पासलाई कर्णले डी एरीभित्रबाट निक्कै सुन्दर गोल गरेका थिए । 

२८ औँ मिनेटमा हिसुब थपलियाले  विशालको पासालाई गोलमा परिणत गर्दा गोलअन्तर निक्कै फराकिलो बन्यो । खेलको ३६ औँ र ६२ औं मिनेटमा गोल गर्दै विशालले ह्याट्रिक पूरा गरे । ७२ मिनेटमा नरेनले गोल गर्दा अन्तर निक्कै फराकिलो बन्यो ।  ७४ औँ मिनेटमा कर्णले पुन गोल थपे। 

झापाका खेलाडीका अघि फिदिमका खेलाडी फिका साबित भए । फिदिमले केहि खेलाडी बाहिरबाट ल्याएपनि पर्याप्त मुभ बनाउन सकेन । पाएका केहि मौका सदुपयोग गर्न नसक्दा फिदिमले घरेलु मैदानमा समर्थकलाई निक्कै निराश बनाएको थियो । ह्याट्रिक गरेका विशाल म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैँया नगद र ट्रफि पाए । टिम फर्ममा फर्किएकाले जित सहज भएको झापाका क्याप्टेन नरेन लिम्बुले प्रतिक्रिया दिए । 

सेमिफाईनलमा झापाको भेट त्रिभुवन आर्मी क्लब र मोरङ–११ बिचको विजेता हुने टिमसँग हुने छ । मंगलवार अग्नी रुपन्देहि ११ ले भारतको युके क्लब दार्जिलिङको समाना गर्नेछ । शुक्रवारबाट शुरु भएको प्रतियोगितामा दश टिमको सहभागिता छ ।
 

 

प्रकाशित: ११ पुस २०७४ ०१:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App