१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

धुर्मुस सुन्तलीको नयाँ बस्ती ८० प्रतिशत काम पुरा

राैतहट – चन्द्रपुरस्थित सन्तपुरमा हाँस्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली'ले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्तीको ८० प्रतिशत काम सम्पन्न भएको छ । असोजको २८ गतेबाट विविध रुपमा कम्पाउण्डको पर्खालबाट कार्य थालनी गरिएको बस्तीमा भ्यु टावर र मन्दिरको काम बाहेक अरु सबै कामहरु अन्तिम चरणमा पुगेको बताईएको छ ।

बस्तीमा ४७ वटा घर, सामुदायिक भवन, मन्दिर र बगैंचा लगायतका संरचना निर्माण गरिनेछ । गिटी, बालुवा, सिमेन्ट खरिद देखी बोक्ने सम्म धुर्मुस आफैं खटिएका छन् । बस्ती निर्माणका लागि दैनिक दुर्इ सय ६१ जना कामदार खटिरहेका छन् । राष्ट्रिय गान गाएर हरेक दिन बस्तीमा काम सुरु गरिन्छ ।

 

प्रकाशित: १० पुस २०७४ १०:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App