प्रदेश दुईमा मैथिलीलाई सरकारी भाषा बनाउन माग

सोमबार, १० पुष २०७४, १४ : ५२ नागरिक

राजविराज—प्रदेश नं २ मा सरकारी कामकाजको भाषा मैथिली हुनुपर्ने १३ बुँदे मागसहित राजविराज घोषणापत्र जारी गर्दै १५औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सम्पन्न भएको छ।

मूल आयोजक समितिद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत सो घोषणापत्र सार्वजनिक गरेको हो। प्रदेश नं २ मा बहुसंख्यकले बोल्ने भाषा मैथिली भएकाले अब बन्ने नयाँ संरचनामा कामकाजको भाषा मैथिली नै बनाउनुपर्ने माग गरिएको छ।

साथै प्रदेश नं २ को नाम पनि मिथिला राख्न माग गरिएको गरिएको छ।

मिथिलाञ्चलको धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थलको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्दै झापादेखि वीरगञ्जसम्मको क्षेत्रलाई मिथिला पर्यटन क्षेत्र घोषणा गर्नसमेत घोषणापत्रमा माग गरिएको छ।

मैथिली भाषामा निर्माण हुने ठूलो र सानो पर्दाको चलचित्रलाई करमुक्त गरिनुपर्ने, मैथिली भाषाको फिल्म निर्माण एवं सञ्चार माध्यमलाई सशक्त बनाउन सरकारी अनुदानको व्यवस्था गर्नुपर्ने, मिथिलाको लोकगाथाहरुको विद्युतीय अभिलेखीकरण सरकारीस्तरबाट लोकगाथा नायकहरुको प्राकट्यस्थलहरुमा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने माग गरिएको छ।

प्रदेश नं १ मा समेत मातृभाषाका रूपमा मैथिली बोल्नेहरुको संख्या रहेको भन्दै प्रादेशिक सरकारी कामकाजको भाषा मैथिली घोषणा गर्नुपर्ने, मिथिलाञ्चलकका धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थल संरक्षण एवं संवद्र्धन गर्दै झापादेखि वीरगञ्जसम्म ‘मिथिला पर्यटन क्षेत्र’ घोषणा गर्नसमेत माग गरिएको छ।

प्रदेश नं १ र २ को आधारभूत तथा उच्च शिक्षामा मैथिलीलाई अनिवार्य विषय बनाउनुपर्ने, यसको साहित्य, संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि सरकारीस्तरबाटै पहल गर्नुपर्ने पनि घोषणापत्रमा माग गरिएको छ।

प्रदेश नं १ र २ को मैथिलीभाषी क्षेत्रमा अनिवार्यरूपमा मातृभाषा मैथिलीको माध्यमबाट आधारभूत शिक्षा प्रदान गर्नाका साथै माध्यमिक तथा उच्च शिक्षामा अनिवार्य विषयका रूपमा मैथिलिक पठनपाठनको बाध्यात्मक व्यवस्था गरिनुपर्ने, संघीय, प्रादेशिक र स्थानीय तहको सेवा आयोगको परीक्षामा मैथिलीलाई मान्यता प्रदान गरिनुपर्ने माग पनि गरिएको छ।

नेपालको राष्ट्रिय अभिलेखालयमा संरक्षित मैथिलीको प्राचीन पाण्डुलिपिहरुको अध्ययन एवं अनुसन्धानका लागि शोध–वृत्तिको घोषणा गरी केन्द्र, प्रदेश एवं स्थानीय तह राज्य प्रदत्त समूचित कोषको स्थापना गर्नुपर्ने, संगही मैथिली भाषाभाषीद्वारा जनस्तरीय अक्षयकोषको स्थापना गर्न तीनै तहको सरकार सहयोगी भूमिका निर्वाह गर्नुपर्ने, मिथिलाक्षर (तिरहुता लिपि) लोपोन्मुख अवस्थामा रहेकाले पुरातन लिपिक संरक्षणका लागि तीनै तहमा आवश्यक नीतिगत निर्णय र कार्यान्वयन गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ।

दुई दिनसम्म चलेको सम्मेलनमा करिब २०० भाषा एवं संस्कृतिविद्, साहित्यकार, अनुसन्धानकर्तासमेतको सहभागिता रहेको १५औँ अन्तर्राष्ट्रिकय सम्मेलन मूल आयोजक समितिका संयोजक शुभचन्द्र झाले जानकारी दिए।

आगामी १६ औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन धनुषाको जनकपुरमा हुने निर्णय गरिएको जनाइएको छ।








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad