१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कानुन कार्यान्वयनमा पनि दाताकै भर

सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीसेवनमा रोक लगाउने कानुन कार्यान्वयनका लागि समेत काठमाडौं महानगरपालिकाले दाताको सहयोग लिएको छ। 

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन– २०६८ को कार्यान्वयन गराउन भन्दै महानगरले दाताको सहयोग लिएको हो । दातासँग सहयोग लिएर महानगरले धूमपानमुक्त अभियान सुरु गरेको छ । महानगरलाई धूमपान र सुर्तीसेवनमुक्त बनाउने अभियानको सुरु गरिएको कार्यकारी अधिकृत धनीराम शर्माले बताए।

‘महानगरलाई  धूमपान र सुर्तीसेवनमुक्त सहर बनाउन लागेका हौँ,’ कार्यकारी अधिकृत शर्माले भने, ‘त्यसका लागि अमेरिकाबाट एक करोड रुपैयाँ सहयोग प्राप्त भएको छ ।’ उनका अनुसार महानगरलाई धूमपान तथा सुर्तीसेवनमुक्त बनाउन अमेरिकाको ‘भाइटल स्टार्टेजिज’ नामक संस्थाबाट सहयोग प्राप्त भएको हो । दातृ संस्था न्युयोर्क सहरका पूर्वमेयर माइकल ब्लुमबर्गले चलाएका हुन्।

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन– २०६८ को कार्यान्वयन गराउन भन्दै महानगरले दाताको सहयोग लिएको हो । दातासँग सहयोग लिएर महानगरले धूमपानमुक्त अभियान सुरु गरेको छ । महानगरलाई धूमपान र सुर्तीसेवनमुक्त बनाउने अभियानको सुरु गरिएको कार्यकारी अधिकृत धनीराम शर्माले बताए ।

महानगरले २३औँ महानगर दिवसका अवसरमा गत मंसिर २९ गतेबाटै यो अभियानको सुरुवात गरिसकेको छ। यो अभियान १८ महिनासम्म सञ्चालन हुनेछ । महानगरले प्रचार–प्रसार तथा कानुनअनुसार कारबाहीका लागि अभियान चलाउन थालेको हो । त्यसका लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंसँग मिलेर कार्यायोजना बनाइएको महानगर प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए। 

राज्यले कानुन बनाए पनि सार्वजनिक स्थलमा धूमपान नरोकिएकाले कार्यान्वयनमा सहयोग पु¥याउन दाताको सहयोगबाट अभियान थालिएको उनले बताए । ‘सबै निकायसँग समन्वय गरेर महानगरलाई धूमपानमुक्त बनाउन लाग्छौँ,’ मेयर शाक्यले भने, ‘त्यसले ऐनको कार्यान्वयन मात्रै नभएर प्रयोगकर्तालाई समेत सचेत गराउनेछ ।’
ऐनमा सार्वजनिक स्थलमा धूमपान वा सूर्तीसेवन गरेमा एक सय रुपैया“ जरिवाना हुने उल्लेख छ । जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारीकोे संयोजकत्वमा सुर्ती नियन्त्रण नियमन समिति बनाएको छ । समितिले अघिल्लो हिउँददेखि अनुगमन तथा नियमन गरी ऐन कार्यान्वय गर्दै आएको छ। 

‘हामीले झन्डै वर्ष दिनपहिले तीव्र रूपमा अनुगमन गरेका थियौँ,’ काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले भने, ‘अहिलेचाहिँ अनुगमन केही सुस्ताएको हो ।’ उनले महानगरको अभियानलाई साथ दिनेगरी समितिले अनुगमन गर्ने बताए। 

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले ऐनको पूर्ण कार्यान्वयन नभएको बताएको छ । ‘ऐन केही वर्षपहिले नै आए पनि त्यसको पूर्ण कार्यान्वयन भएको छैन,’ जिल्ला जनस्वास्थ्य प्रमुख महेन्द्र श्रेष्ठले भने, ‘महानगरले थाल्ने अभियानले पनि ऐनको कार्यान्वयन गर्न सहयोग पुग्नेछ।’

सरकारी तथ्यांकअनुुसार नेपालमा प्रत्येक वर्ष धूमपान तथा सुर्तीसेवनका कारण १६ हजार मानिसको मृत्यु हुने गरेको छ । जसमा ९० प्रतिशत मानिसको मृत्युको कारण फोक्सोको क्यान्सर हुन्छ । 

प्रकाशित: १० पुस २०७४ ०८:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App