१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

विराटनगर वारियर्सको विजययात्रा कायमै

काठमाडौं– एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल) को साेमबार भएकाे पहिलो खेलमा विराटनगर वारियर्सले लगातार ५ औं जित निकाल्ने क्रममा काठमाडौं किङ्स ११ लाई ८ रनले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  सम्पन्न  खेलमा १४८ रनको लक्ष्य पछ्याएको काठमाडौं किङ्स ११ निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १३९ रनमै समेटिएपछी विराटनगरले खेल ८ रनले जितेको हो । काठमाडौंका लागि कप्तान फरवेज मेहेरुफले सर्वाधिक ४२ रनको योगदान गरेपनि अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा पराजित हुन पुग्यो । मेहेरुफले ३७ बलको सामना गरी ४ चौकाको मद्दतमा ४२ रन बनाए।

त्यस्तै नरेश बुढाऐरले ३०, सिद्धान्त लोहनीले १५, सागर पुनले १३ र सागर कुमारले १२ रनको योगदान दिएका थिए। काठमाडौंलाई १३९ रनमा समेटन विराटनगरका अंशुमन रथले ३, बसन्त रेग्मी र रामनरेश गिरीले समान २/२ तथा करण केसी र पारस खड्काले १/१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको  विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १४७ रन बनाएको थियो। विराटनगरका लागि बाबर हयातले सर्वाधिक ६७ रनको योगदान दिए । उनले सो क्रममा ५० बलको सामना गरी ५ चौका र ४ छक्काको मद्दतमा ६७ रन बनाएका हुन।

त्यस्तै अंशुमन रथले २६ बलमा ४ चौका र १ छक्काको मद्दतमा ब्याटिङ ३२ र कप्तान पारस खड्काले २५ बलमा २६ रनको योगदान दिनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो रनको स्कोर छुन सकेनन्।  विराटनगरलाई १४७ रनमा समेटन काठमाडौंका लागि सोमपाल कामी र अमर राउटेलाले २/२ तथा जितेन्द्र मुखिया र फरवेज मेहेरुफले १/१ विकेट हात पारे।  

प्रकाशित: १० पुस २०७४ ०६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App