१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गोल्डेन चक्रपथ निर्माण सुरु

खोटाङ – खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडमा गोल्डेन चक्रपथ निर्माण सुरु गरिएको छ । साबिकको नौ वडालाई सडकका माध्यमबाट जोड्ने उदेश्यले गोल्डेन चक्रपथ निर्माण कार्य सुरु गरिएको हो ।
बुवासुङको दायाँबाट बायाँतर्फ घुम्ने २२ किलोमिटर सडक दोर्पाचिउरीडाँडाको सिंगाने, लामीडाँडा,दुधिले, खावाडाँडा, नास्तुमदेखि खिरिम्तुमछाप, कामीडाँडा, दोबेला, ढल्केबर र पञ्चमी जोड्ने वडा अध्यक्ष लिला चौहानले बताए । ‘वडाका हरेक गाउँमा उत्पादन हुने कृषि उपजलाई सहजरुपमा संकलन गर्दै बजारसम्म पु¥याउने बाटोका लागि गोल्डेन चक्रपथ निर्माण कार्य सुरु गरिएको हो । वडा कार्यालयको १५ लाख, रुपाकोट मझुवागढी नगरपालिकाको समपुरक कोषको १५ लाख तथा उपभोक्ताको ३ लाख ६४ हजार बराबरको श्रमदानमा कृषि सडक नाम दिइएको चक्रपथको ट्र्याक निर्माण सुरु छ,’उनले भने,‘ वडाका हरेक कुनामा उत्पादन हुने कृषि उपज संकलन र बजार व्यवस्थापन गर्दै अर्गानिक गाँउ बनाउनका लागि चक्रपथ निर्माण थालेका हौं ।’
उनका अनुसार गोल्डेन चक्रपथको मध्यभागमा मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवाभञ्ज्याङ सडक पर्ने भएकाले पनि चक्रपथ स्थानीयका लागि उपयोगी हुनेछ । विनियोजित बजेटबाट ५ किलोमिटर सडक निर्माण गरिनेछ ।

प्रकाशित: १० पुस २०७४ ०५:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App