१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

आवश्यकता अनुसार कांग्रेससँग सहकार्य हुन्छ : नारायणकाजी

गोरखा – नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले आवश्यकता अनुसार कांग्रेससँग सहकार्य गर्न सकिने बताएका छन् । निर्वाचनमा गोरखा– २ बाट पराजित भएपछि पहिलो पटक गृहजिल्ला पुगेका उनले सोमबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेससँग सहकार्य गर्न सकिने प्रतिक्रिया दिएका हुन् ।

राष्ट्रिय सभाको गठनका विषयमा कांग्रेसले राखेको एकल संक्रमणीय प्रणालीमा जान हुन्न भन्ने माओवादीको अडान नरहेको बताउँदै उनले विज्ञहरुको सल्लाह अनुसार अघि बढ्नुपर्ने बताए । कांग्रेससँग राष्ट्रिय मुद्धाका सवालमा छलफल गरेर निकास खोज्न सकिने धारण्म उनले राखेका थिए ।

‘निर्वाचनबाट आएको जनादेशलाई मान्नुपर्ने हुँदा कांग्रेसलाई जनताले प्रतिपक्षमा बस्ने जनादेश दिएका छन् । देशभरी बाम गठबन्धनको जितले दिएको जनादेश अनुसार अगाडी बढ्नुपर्छ । अझ सरकार गठन गर्न पार्टी एकता गर्न सके राम्रो हुन्छ । सरकार निर्माण गर्नुपर्ने कानुनी व्यवस्था भएकाले तत्काल पार्टी एकताको चरणमा जानुपर्छ,’उनले भने ।

गोरखा–२ मा पराजित हुनुको कारण बारे जिल्ला पार्टीमा छलफल गर्न आएका श्रेष्ठले मतदातालाई धन्यवाद दिएका छन् । ‘मैले जसरीपनि चुनाव जित्नुपर्ने भन्नेमा अध्यक्ष प्रचण्ड सबैभन्दा बढी चिन्तित हुनुहुन्थ्यो । जनताको जनादेशलाई मान्नुपर्छ तर हामी पराजयको गम्भिर समिक्षा पार्टीभित्र गछौँ ।’

प्रकाशित: १० पुस २०७४ ०४:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App