१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

ज्याकलिनको सानिया मोह

मुम्बई- बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज अर्को देशबाट बलिउडमा आएर आफ्नो पहिचान बनाउने नायिकाको रूपमा चिनिन्छिन् । बायोपिक फिल्ममा शीर्ष भूमिकामा अभिनय गर्न रूचि राख्ने उनलाई त्यसमा पनि खेलाडीको बायोपिकमा काम गर्न मन छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले ‘पद्मावती’ जस्तो ऐतिहासिक विषयभन्दा पनि खेल जीवनको कथामा अभिनयको चासो देखाएकी छन् । लनटेनिस स्टार सानिया मिर्जाबाट प्रभावित ज्याकलिनलाई उनकै जीवनीमा बन्ने फिल्ममा काम गर्न मन छ ।
‘बायोपिक फिल्ममा काम गर्दा तपाईंले धेरै कुरा सिक्नुहुन्छ । बलिउडमा अहिले निकै बायोपिक फिल्म बनिरहेका छन् । म फिटनेसमा निकै विश्वास गर्छु,’ उनले भनेकी छन्, ‘सानिया मिर्जाको करियरबाट म निकै प्रभावित छु । कसैले उनको जीवनीमा फिल्म बनाउने सोच्यो र यसका लागि मलाई सम्झियो भने खुशी लाग्नेछ ।’

‘ग्ल्यामर गर्ल’को भूमिकामा मात्र देखिँदै आएकी उनलाई आशुतोष गोवारिकर र सञ्जयलीला भन्साली जस्ता निर्देशकसँग पनि काम गर्न मन छ । ‘उनीहरूका फिल्ममा विशेष खाले चरित्र हुन्छन् । खासगरी दुवैको फिल्ममा महिलालाई इज्जतका साथ प्रस्तुत गरिएको हुन्छ, त्यो मलाई मनपर्छ । उहाँहरूसँग काम गर्ने दिन कुरिरहेकी छु,’ ज्याकलिनले भनेकी छिन् । ज्याकलिन चाँडै नै सलमान खानका साथमा ‘रेस ३’ मा देखिँदैछिन् ।

प्रकाशित: १० पुस २०७४ ०४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App