१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिड्नीमा क्रिसमस रौनक

सिड्नी- अष्ट्रेलियाको सिड्नीमा क्रिसमस नजिकिदै गर्दा ७५० टन सामुद्रिक माछा बिक्री भएको छ । यसैबीच करिब २०० टन सि फुड बिक्री भएको छ । क्रिमस्सको समयमा बजार अनुगमनका लागि खटिएकी एलेक्स स्टोलजाउका अनुसार बिहान र बेलुका बढी मात्रामा माछा किन्नेहरूको भीड सिड्नीमा लाग्ने गरेको पाइएको छ ।

विभिन्न प्रकारका माछाहरूको प्रस्ताव गर्दै ग्राहकहरू आउने गरेको सिड्नीका माछा बिक्रेताहरू दाबी छ । इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमसमा इसाई धर्म बाहुल्य मुलुकहरूमा यस समयमा आर्थिक क्रियाकलापहरूमा वृद्धि हुने गरेको पाइएको छ ।

क्रिसमसका समयमा हुने गरेको अनलाइन सपिङको क्रेज बढ्दै गएको सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ । सपिङको धेरै मात्रा अनलाइनको माध्यमबाट हुने गरेको अनुसन्धानले बताएको छ । विगतका वर्षहरूमा भन्दा यस वर्ष अनलाइन सपिङको क्रेज बढ्दै गएको हो ।

देशभरि करिब बीस अर्ब अमेरिकी डलर बराबरको सी फुड बिक्री हुने आँकलन गरिएको छ । क्रिसमसको अन्तिम समयमा पनि कतिपय ग्राहकहरू उपहार किन्न आउन गरेको पाइएको छ ।

प्रकाशित: ९ पुस २०७४ ०७:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App