१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दाहाल नेतृत्वमा नयाँ सरकार बन्नुपर्छ : प्रभु साह

रौतहट- मन्त्री प्रभु साहले राजनीतिक स्थिरताका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा चुनावअघि एमाले र माओवादी केन्द्रबीच अढाई÷अढाई वर्ष सरकारको नेतृत्व गर्ने र हरेक पक्षमा माओवादीले चालीस प्रतिशत सिट पाउने भद्र सहमति भएको बताउँदै बिनाविभागीय मन्त्री साहले शान्तिप्रक्रिया र संविधान निर्माणका अनेक विषयलाई सम्बोधन गर्न सरकारको नेतृत्व गर्ने अढाई वर्षको पहिलो पालो प्रचण्ड (दाहाल) लाई दिँदा उपयुक्त हुने बताएका हुन् ।
पहिलो अढाई वर्ष दाहालले सरकारको नेतृत्व गर्दा मधेसी, आदिबासी, जनजाति, मुस्लिम तथा पिछडिएको वर्गको सहानुभूति प्राप्त हुने र संविधानमा रहेका असन्तुष्टि सम्बोधन गर्न पनि सबैको साथ लिन सकिने साहको बुझाइ छ ।
एमाले र माओवादी गठबन्धनले ६ वटै प्रदेशमा पनि स्पष्ट बहुमत प्राप्त गरेको तर प्रदेश २ मा भने वाम गठबन्धनको राम्रो जनाधार नहुनुमा मधेसका जनताको वामपन्थीप्रति असन्तुष्टि रहेको प्रस्ट भएको उनले बताए । उनले मधेसमा वामपन्थीको जनाधार बढाउने पनि दाहालकै नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने जिकिर उनको थियो ।
मन्त्री साहले निर्वाचनमा माओवादी केन्द्रले भन्दा एमालेले राम्रो प्रदर्शन गरेको भन्दै केही नेताले दम्भ प्रकट गर्न थालेको पनि मन्त्री साहले बताए । उनले चुनावअघि भएको सम्झौता र भद्र सहमतिलाई दुवै पक्षले अक्षरशः पालन गरे वाम गठबन्धनमा कुनै विवाद नआउने स्पष्ट पारे । शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट मन्त्री भएका साहले एमालेको व्यवहारमा वाम एकता निर्भर रहने पनि बताए । उनले भने, ‘नेपाली जनताले वाम गठबन्धनलाई वाचाअनुसार पाँच वर्ष सरकार चलाउन बहुमत दिएकाले स्थिर सरकार र राजनीतिक स्थिरता दुवैका लागि इमानदार भएर एमाले र माओवादीले सहकार्य गर्नुपर्छ ।’
गृहनगर रौतहटको कटहरियामा नागरिककर्मीसँग कुराकानी गर्दै मन्त्री साहले वाम गठबन्धनको सरकारले देशलाई समृद्धिको बाटोमा डो¥याउने बताए । देउवा नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेसँग सहकार्य गर्दै पार्टी एकता गर्ने निर्णय गरेपछि उसका मन्त्रीलाई बिनाविभागीय बनाइएको हो ।

प्रकाशित: ९ पुस २०७४ ०४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App