१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

धामी र गौचनको जोडी फाइनलमा

काठमाडौं- नेपालका दीपेश धामी र शोभा गौचनले शनिबार मलेसियाका इभेसगारन भासिगरान र धर्साइनी भासिगारानको जोडीमाथि जित हासिल गर्दै योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिज ब्याड्मिन्टन प्रतियोगिताअन्तर्गत मिश्रित युगलको फाइनलमा स्थान पक्का गरेका छन् ।
एकल विधामा अघिल्लो दिन नै सबै चुनौती समाप्त भइसकेको नेपालले त्रिपुरेश्वरको घरेलु कोर्टमा जारी प्रतियोगितामा स्वर्ण पदक जित्ने सम्भावना धामी र गौचनको जोडीको जितले कायम राखेको छ । दशरथ रंगशाला कभर्डहलमा शनिबार धामी र गौचनले तीन सेटसम्म संघर्ष गर्दै मलेसियाका भासिगरान जोडीमाथि २१–१७, १६–२१, २२–२० को विजयी नतिजा निकालेका थिए ।
आइतबार हुने फाइनलमा नेपाली जोडीले भारतका भी डेभलेकर र हारिका भेलुधुर्तीको जोडीसँग प्रतिस्पर्धा गर्नेछ । भारतीय जोडीले नेपालका रत्नजित तामाङ र उनकी दिदी नङ्सल तामाङको जोडीमाथि शनिबारै २१–१६, २१–७ को सोझो सेटमा जित दर्ता गरेको थियो ।
शनिबारका नतिजासँगै प्रतियोगिताको पुरुष एकलको उपाधि भारतीय खेलाडीले जित्ने पक्का भएको छ । सेमिफाइनलमा तीन भारतीय तथा एक भियतनामका खेलाडी पुगेकोमा फाइनल भिडन्तका लागि दुई भारतीय मात्र लायक भए । भारतका एल साराङले पहिलो सेमिफाइनलमा आफ्नै देशका राहुल भारद्वाजमाथि २१–१७, २१–१७ को सोझो सेटमा जित दर्ता गरेका थिए । अर्को सेमिफाइनलमा भारतका एस जैसवालले भियतनामका ली डुच फाटमाथि २१–१८, १४–२१, २१–१४ को नतिजा निकाल्दै उपाधि भिडन्तको टिकट काटे ।
महिला एकलको फाइनलमा इरानकी एस आघेइहाजियाघा र हङकङकी डिङ जोए जुआनले प्रतिस्पर्धा गर्ने भएका छन् । शनिबार सेमिफाइनलमा आघेइहाजियाघाले म्यानमारकी थेट एचटार तुजारमाथि २०–२२, २१–१८, २५–२३ को विजयी नतिजा निकालेकी थिइन् भने डिङले भियतनामकी थी त्राङलाई २१–१८, २१–१९ को सोझो सेटमा निराश पारिन् ।
यसै गरी पुरुष युगलतर्फ सिंगापुरे जोडी डी क्रिसान्ता र ही योङ काई तेरीले मलेसियाका मोहम्मद अमर सानी र मोहम्मद अमिर सानीको जोडीलाई २१–८, २१–१५ को नतिजामा हराउँदै फाइनल यात्रा पक्का गरे । सिंगापुरको जोडीले फाइनलमा पनि मलेसियाकै प्रतिद्वन्द्वीको सामना गर्नुपर्नेछ । अर्को सेमिफाइनलमा मलेसियाका जिन सेर्न इयान वोङ र ची तिन तानको जोडीले भियतनामका मिन बाओ र बाओ डुच डुओङको जोडीलाई २१–१७, २१–२० को नतिजामा हराउँदै फाइनलयात्रा पक्का गरेको थियो ।
महिला युगलतर्फ पनि उपाधि भारत जाने पक्का भएको छ । भारतका एच भेलुधुर्ती र करिश्मा वाड्करको जोडीले आफ्नै देशका बी बाइलपुडी र भर्शा भी बालावाडीको जोडीलाई २५–२३, १९–२१, २१–१३ को नतिजामा हराउँदै फाइनल पुग्दा अर्पना बालान र श्रुति केपीको जोडीले बंगलादेशका अख्तर साप्ला र एलिना सुल्तानाको जोडीमाथि २१–१२, २१–१७ को विजयी नतिजा निकाल्दै उपाधि भिडन्तलाई नाम लेखाएका थिए ।

प्रकाशित: ९ पुस २०७४ ०३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App