१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बालबालिकाहरू छाप्रोमा अध्ययन गर्न बाध्य

रुकुम – दुर्गम सिस्ने गाउँपालिका–५ स्थित दुदिल्लागैरा रुकुमकोटको सहिद स्मृति बाल आधारभूत विद्यालयका बालबालिकाहरु छाप्रोमा अध्ययन गर्न बाध्य छन् । कक्षा १ देखि ३ सम्म पढाई हुने विद्यालयका २७ विद्यार्थीहरू अध्याँरो छाप्रोमा बसेर अध्ययन गरिरहेका छन् ।

सरकारले शिक्षक दरबन्दी गर्न नसक्दा गाउँलेहरू मिलेर एक शिक्षिकालाई विद्यार्थी पढाउने जिम्मा दिएका छन्। ‘बालबालिकाहरु घन्टौं लागेर अर्को गाँउको विद्यालयसम्म जान सक्दैनन् । आर्थिक अभाव र सरकारको बेवास्ताले गर्दा बालबालिकाहरु अध्याँरो छाप्रोमा बसेर अध्ययन गर्न बाध्य छन्,’ प्रधानाध्यापक गंगा थापाले भने,‘वर्षा र हुरीमा भने छिमेकको घरमा गएर ओत लाग्नु पर्ने अवस्था छ ।’

विद्यालय समितिले उक्त छाप्रो करिव दुई वर्षअघि किनेको थियो। कार्यालयको सामान बिहान ल्याउने र साँझ घरमा राख्ने गरेको जानकारी प्रधानाध्यापक थापाले गराएका छन् ।

 

प्रकाशित: ७ पुस २०७४ ०९:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App