१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सर्वदलीय बैठक निष्कर्षविहीन, कांग्रेस-एमालेको अडान कायमै

बैठकमा सहभागी पाँच दलका शीर्ष नेताहरु। तस्बिर : दीपेश श्रेष्ठ

काठमाडौं- प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ। राष्ट्रिय सभा गठनका लागि बनाइएको अध्याधेशमा छलफल गर्न बोलाइएको बैठक सहमतिमा पुग्न नसकेको हो।

'ओलीजीले अध्यादेश उचित छैन भन्दै फिर्ता लिन भन्नुभयो। तर यो अध्यादेश कानुन संवत छ। यो दुनियाको प्रचनल पनि हो। योआना राष्ट्रियसभा गठन हुँदैन। निर्वाचन सम्पन्न पनि हुँदैन। त्यसैले सरकार बनाउन अध्यादेश पास गर्नु जरुरी छ,' पौडेलले भने।

बैठकमा नेपाली कांग्रेस, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले एकल संक्रमणीय प्रणालीलाई समर्थन गर्दै अध्यादेश नरोक्न आग्रह गरेका थिए। उक्त अध्यादेश पारित नभई समानुपातिक सिट बाँडफाँड र राष्ट्रिय सभा गठनमा अवरोध पुगेको बताउँदै ती दलका नेताहरुले अध्यादेव पारित गर्न बाम गठबन्धनका नेताहरुलाई आग्रह गरेका थिए।

तर नेकपा एमालेले सरकार गठन प्रकृयाका लागि सरकार छाड्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका थिए। पार्टी अध्यक्ष केपी शर्मा ‌ओलीले एकल संक्रमणीय असंवैधानिक भएको बताउँदै सरकार गठनको बाटो खोलिदिन आग्रह गरेका थिए।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अध्यादेश कानुनसंवत भएको बताए। उनले कांग्रेस सरकार लम्ब्याउने पक्षमा नरहेको बताउँदै अध्यादेश फुकाएर सरकार गठनको बाटो खोल्न एमालेलाई आग्रह गरेका थिए।

'ओलीजीले अध्यादेश उचित छैन भन्दै फिर्ता लिन भन्नुभयो। तर यो अध्यादेश कानुन संवत छ। यो दुनियाको प्रचनल पनि हो। योआना राष्ट्रियसभा गठन हुँदैन। निर्वाचन सम्पन्न पनि हुँदैन। त्यसैले सरकार बनाउन अध्यादेश पास गर्नु जरुरी छ,' पौडेलले भने।

बैठकमा माओवादी केन्द्र भने लचिलोरुपमा प्रस्तुत भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। उनका अनुसार अहिले जारी गतिरोधबारे राष्ट्रिय मान्यता प्राप्त पाँच दलको बैठक बसेको थियो।

प्रकाशित: ७ पुस २०७४ ०७:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App