१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपालले गर्‍यो ट्रम्पको विपक्षमा मतदान

काठमाडौँ– जेरुसेलमलाई इजरायलको राजधानीको रूपमा तोक्ने या नतोक्ने भन्ने विषयमा नेपालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा मतदान गरेको छ ।
जेरूसेलमलाई इजरायलको राजधानीका रूपमा तोकिनुपर्ने धारणा अमेरिकी राष्ट्रपतिको थियो । उक्त विषयमा संयुक्त राष्ट्रसंघको महासभामा भएको मतदानमा नेपालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा मतदान गरेको हो ।
संयुक्त राष्ट्रसंघको सदस्य रहेका विश्वका १२८ मुलुकहरुले उक्त विषयमा विपक्षमा मतदान गरेका थिए भने ९ देशले उक्त विषयको पक्षमा मतदान गरेका थिए ।

अमेरिकाले आफ्नो विपक्षमा मतदान गर्ने मुलुकहरुमाथिको सहायतामा रोक लगाउने चेतावनी दिएको छ । इरान विदेश मन्त्रालयाले अमेरिकाको उक्त प्रतिक्रियाले लोकतान्त्रिक मूल्य मान्यताको अवहेलना गरेको बताउँदै आएको छ ।

प्रकाशित: ७ पुस २०७४ ०४:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App