१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राप्रपाको केन्द्रीय परिषद् बैठक वीरगन्जमा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्न आगामी माघको दोस्रो सताभित्र केन्द्रीय परिषद् बैठक वीरगन्जमा गर्ने भएको छ । पार्टीको वैचारिक दृष्टिकोणमा जनताको चाहनाअनुसार परिमार्जित तथा सांगठनिक अवस्था सुदृढीकरण गर्न उक्त बैठकमा छलफल गरिने प्रवक्ता भुवन पाठकले जानकारी दिए । 

विधान संशोधनबाहेक सबै निर्णय गर्न सक्ने उक्त बैठकलाई महाधिवेशनपछिको ठूलो सभाका रुपमा लिइएको छ । पार्टीका सबै केन्द्रीय कार्यसमिति सदस्य, जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष, नगर अध्यक्ष गरी करिब ५०० जनाको सहभागिता रहने सो बैठकले पार्टीले अवलम्बन गर्नुपर्ने भावी रणनीतिका साथै नयाँ कार्यनीति पारित गर्ने छ । 

पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सिट मात्र जितेको छ भने समानुपतिकमा तीन प्रतिशत मत प्राप्त गर्न सकेन । प्रदेशसभा सदस्यमा प्रत्यक्षमा एक सिट पनि जितेको छैन । त्यहाँ समानुपातिकमा आवश्यक न्यूनतम मत प्राप्त गरेको भएपनि के कति सिट प्राप्त गर्ने निश्चित भएको छैन ।

प्रकाशित: ७ पुस २०७४ ०३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App