१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘शेरबहादुर’को ट्रेलर

काठमाडौं–आगामी माघ १९ गते रिलिज हुन लागेको फिल्म ‘शेरबहादुर’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्म निर्माण युनिटले सामाजिक सञ्जाल युट्युबमार्फत बिहीबार ट्रेलर रिलिज गरेको हो ।
ट्रेलरमा सुनिल थापा, कर्मा, कामेश्वर चौरासिया, मेनुका प्रधान फिचरिङ छन् । आर राजवंशी निर्देशित फिल्म सामाजिक मर्यादा बोकेको पात्रमा केन्द्रित छ । ट्रेलरमा एक्सन,  रोमान्स,  ड्रामालगायत समावेश छ । निर्देशक राजवंशीका अनुसार फिल्म एक अवकासप्राप्त आर्मीको कथामा आधारित थ्रिलर विधाको फिल्म हो । ‘झट्ट नाम सुन्दा राजनीतिको गन्ध आए पनि यो कुनै राजनीतिसँग सरोकार राख्ने फिल्म होइन,’ उनले भने ।
फिल्ममा सुनिल थापा, कर्मा, मेनुका प्रधान, रविन्द्र झालगायतका कलाकारको अभिनय छ । फिल्ममा निर्माताका रुपमा छायांकार गौरीशंकर धुजु र धिराज राजवंशी छन् ।

 

प्रकाशित: ७ पुस २०७४ ०१:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App