१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रसंघ दूतलाई म्यानमार प्रवेशमा रोक

म्यानमार – संयुक्त राष्ट्रसंघकी विशेष दूत याङ्ही लीलाई म्यानमार प्रवेशमा रोक लगाइएको छ ।

म्यानमारको रखाईन प्रान्तमा भएको रोहिंग्या मुसलमानहरू केन्द्रित अनुसन्धानका लागि संयुक्त राष्ट्रसंघकी दूत ली आगामी जनवरीमा म्यानमारको रखाईन प्रान्त जाने तयारीमा थिईन् ।

उनको तयारीमा म्यानमार सरकारको असहयोग पश्चात् उनी म्यानमार जानबाट वञ्चित हुनु परेको हो । म्यानमार सरकारले आफ्नो कार्यकाल भरी नै म्यानमार प्रवेशमा रोक लगाउने बताएको याङ्हीको दाबी छ ।
गत जुलाईमा  याङ्हीले म्यानमारको भ्रमण गरेकी थिईन् । उक्त भ्रमणका क्रममा उनले पक्षपातपूर्ण व्यवहार गरेको म्यानमार सरकारले उनीमाथि आरोप लगाएको थियो ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार आयोगको  एक अध्ययनले म्यानमार नेतृ आङ साङ सुकीले नै अल्पसंख्यक रोहिंग्या मुसलमानहरु माथि दमन गर्नका लागि स्वीकृति दिएको तथ्य खुलासा गरेको थियो ।
म्यानमारको रखाईन प्रान्तमा रोहिन्जा मुसलमानहरु माथि गरिएको सैन्य कार्वाहीको स्वीकृति उच्चस्तरबाट नै भएको संयुक्त राष्ट्रसंघको दाबी थियो  ।  सैन्य कार्वाहीबाट हजारौ मानिसहरुको ज्यान गएको थियो भने लाखौ विस्थापित भएका थिए ।

 

 

प्रकाशित: ६ पुस २०७४ ०४:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App