१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पिएसजीद्वारा ९ अंकको अग्रता कायम

फ्रान्स- पेरिस सेन्ट जर्मेन पिएसजी ले फ्रेन्च लिग वान फुटबलमा ९ अंकको स्पष्ट अग्रता कायम राखेको छ। लिगअन्तरगत बुधबार राति भएको खेलमा पिएसजीले कंनलाई ३–१ ले पराजित गरेको हो।

पिएसजीलाई जित दिलाउन एडिन्सन काभानी, केलियन एमबाप्पे र बेर्चिचे इजेटाले गोल गरका थिए। पराजित टोली कंनका लागि भने सान्तिनीले एक गोल फर्काए।

आफ्नो १९औं जन्मदिनमा पनि एमबाप्पेले गोल गरेका हुन्।   जितपछि शीर्ष स्थानको पिएसजीको १९ खेलबाट ५० अंक भएको छ। दोस्रो स्थानको मोनाकोको ४१ अंक छ।

 

प्रकाशित: ६ पुस २०७४ ०३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App