१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रेलिङ मर्मतलगत्तै नारायणगढ मुग्लिन सडक सुचारू

चितवन – गाडीको ठक्करबाट पुलकाे रेलिङ भत्केकाे नारायणगढ मुग्लिन सडक खण्डमा बिहीबार बिहानदेखि सञ्चालनमा अाएकाे छ । पुलको क्षतिग्रस्त रेलिङ बुधबार राति मर्मत गरेको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर खनालले जानकारी दिए ।

मुग्लिनदेखि लगभग एक किलो मिटर पर नारायागढ तर्फ तुईन खोला पुलको रेलिङ भत्केको थियो । रेलिङ भत्केपछि पुलमा दुई तर्फी रुपमा गाडी चलाउन सकिएको थिएन । बुधबार रातिबाटै दुई तर्फी यातायता चलेका कारण जाम घट्दै गएको सूचना अधिकारी खनालले बताए ।

‘जाममा परेका गाडीको लाइन अझै बाँकी छ । अबको एक डेढ घण्टापछि जाम खुल्नेछ । त्यसपछि मध्यान्हबाट सहज रुपमा गाडी चल्न सक्नेछन्’ उनले भने । राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरलाई देशको पुर्वी र पश्चिम भागसँग जोड्ने मुख्य मार्ग नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक १० हजारको हाराहारीमा गाडी ओहर दोहर गर्दछन् ।

प्रकाशित: ६ पुस २०७४ ०३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App