१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जन्मदिन मनाउने खर्च वृद्धाश्रमलाई

विराटनगर– विराटनगर–५ की यशस्वी पोखरेलका अभिभावले छोरीको जन्मदिन मनाउन लाग्ने खर्च वृद्धाश्रमका वृद्धवृद्धालाई सहयोग गरेका छन्। विराटनगरको सेन्टमेरिज विद्यालयमा कक्षा ६ मा अध्ययनरत पोखरेलले बुधबार बिहान विराटेश्वर वृद्धाश्रम पुगेर आश्रमका अध्यक्ष जगतप्रसाद अर्याललाई नगद हस्तान्तरण गरिन्।

यशस्वीसँगै आश्रम पुगेका उनका पिता धिरज पोखरेलले जन्मदिन मनाउने नाममा तडकभड्क गर्नुभन्दा वृद्धवृद्धाको भरणपोषणमा थोरै भएपनि सहयोग पुगोस् भनेर सहयोग गरिएको बताए। पोखरेलले भने, ‘आफ्नो परिवारबाट अलग भएर बसेका वृद्धवृद्धालाई राहत पुगोस् भनेर सहयोग गरिएको हो ।’

यसअघि भूकम्प आए लगत्तै यशस्वीको गुन्यूचोली कार्यक्रम रद्द गरेर पोखरेल परिवारले प्रधानमन्त्री राहतकोषमा छोरीको नामबाट एकलाख रुपैयाँ सहयोग गरेको थियो ।

प्रकाशित: ५ पुस २०७४ १०:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App